धार्मिक सद्भावको सन्देशका लागि महायज्ञको उद्घाटन
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १९:३:४
१९ पुस, लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा धार्मिक सद्भावको सन्देश दिन भन्दै श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती कार्यक्रमको उद्घाटन गरिएको छ ।
बौद्ध दर्शनका गुरु एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाबाट उद्घाटन गरिएको सो महायज्ञमा पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको छ ।
कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा वडा नं १७ पकडीहवामा आयोजित महायज्ञको उद्घाटन गर्दै डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए ।
उनले तीन करोड नेपाली जनता एकाापसमा मिलेर अगाडि बढेको जनाउँदै सबै धर्म र सम्प्रदायबीच बलियो एकता रहेको बताए। उनले हिन्दू धर्माम्वलम्बी लुम्बिनी र स्वयम्भू सहज रुपमा जाने गरेको बताए। उपाध्यक्ष डा. लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सद्भावलाई भत्कन दिन नहुने बताए ।
कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा मिलेर बसेको समाज रहेको बताए । यही पुस २४ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथावाचन पं पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार