सशस्त्र प्रहरीले माग्यो २८८ जना कर्मचारी
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार ११:७:५३
२० पुस, काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो ।
सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो । परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।
हेर्नुहोस् विज्ञापन–
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने
बैशाख १०, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
६ सय परिवारका लागि लिफ्ट आयोजना
बैशाख १७, २०८१ सोमबार
नेपालगञ्ज रङ्गशाला सुनसान
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार