सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ खुला
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार ११:१७:३४
२४ पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बिक्री खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो ।
सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । उक्त आइपीओमा कार्यालय समय भित्र आवेदन दिन सक्नेछन । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यस आईपीओमा न्यूनतम् ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको हो । स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ जारी गरिसकेपछि सर्वसाधारणका लागि खुला हुने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।
उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा माघ १० गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
जसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १० गतेभित्र आवेदन दिनु पर्नेछ ।
सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । यस कम्पनीको आईपीओमा न्यूनतम् ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैलुङ्ग खोला जलविद्युतको साधारणसभा आज, के-के छन् एजेण्डा ?
चैत २९, २०८० बिहिबार
सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?
चैत २६, २०८० सोमबार
थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
चैत २५, २०८० आइतबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट : एमालेको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, ७८० मतान्तरले अगाडि
बैशाख १६, २०८१ आइतबार