शून्य लागतमा नेपाली श्रमिकलाई विदेश पठाउन सकिँदैनः श्रममन्त्री भण्डारी
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १७:२५:४३
२६ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले शून्य लागतमा नेपाली श्रमिकलाई विदेश पठाउन नसकिने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले शून्य लागतमा कामदार पठाउने नीति अवलम्बन गर्न नसकिने बताएका हुन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली श्रमिकलाई प्रभाव पार्ने गरी कुनै पनि निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । उनले भने, ‘मलेसियामा अहिले करिब करिब ७ देखि ९ लाख नेपालीहरू गएका छन् । तीमध्ये १५ हजार पनि शून्य लागतमा नगएको रिपोर्ट छ । शून्य लागत भन्ने कुरा नहुने भन्दै यो विषयमा जनतालाई बुझाउन नसकिएको बताए । शून्य लागत भन्नाले श्रमिकको हकमा एक पैसा पनि नतिर्ने भन्ने भएको तर, त्यहाँ कुनै न कुनैले त पैसा तिरेकै हुने बताए ।
‘म चाहिँ जिरो कष्ट भन्दै गर्दा जिरो कष्ट हुँदैन भन्छु । कसै न कसैले त कष्ट बेहोर्नुपर्छ । सित्तैमा कोही कहीँ जाँदैन भन्या । यो जिरो कष्टको विषयमा पनि हामीले जनतालाई सही ढङ्गले सुसूचित गराउन सकेका छैनौँ । जुन कम्पनीहरूले रोजगारदाताले लाग्ने खर्च बेर्होछ । त्यो श्रमिकको निमित्त शून्य लागत हो । तर, सबै डिमान्डहरू त्यही अवस्थामा आएका छन् कि छैनन् भनेर सोच्नुपर्छ’ उनले भने ।
कामदार पठाएबापत १० हजार सेवा शुल्क लिन पाउने व्यवस्था छ । तर, श्रमिकहरूले लाखौं रूपैयाँ तिर्दै आएको उनको भनाई छ । यस्तो अवस्थामा एकातिर श्रमिकहरू खुलेआम ठगिरहेको र अर्कोतर्फ राज्यले पाउनुपर्ने कर समेत गुमाइरहेको उनको भनाई छ । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अङ्ग्रेजी नजान्दा नेपाली श्रमिकले कुटाइ खाएको बताए । उनले एबीसीडी नजान्दा साउदीमा नेपाली श्रमिकहरूले कुटाई खाएको बताए ।
शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताउँदै उनले भने, ‘केही समय अगाडि साउदीमा एबीसीडी नचिन्दा नेपाली कामदारले कुटाई खाए । पछि बुझ्दा गोदाममा काम गर्ने क्रममा अङ्ग्रेजीमा एबीसीडी लेखेको ठाउँमा त्यही आधारमा सामान राख्न नसकेपछि कुटाइ खाएका रहेछन् ।’ त्यसैले सामान्य अङ्ग्रेजी सिक्न आवश्यक रहेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार