परराष्ट्र मन्त्रीले एनआरएनएको नवीकरण रोकेको विषयमा उच्च अदालतबाट कारण देखाउ आदेश जारी
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १३:३१:४४
२८ पुस, काठमाडौं । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालय विरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश नारायणप्रसाद रेग्मीको एकल इजलासले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले नवीकरण प्रक्रिया रोकेपछि संघले अदालतमा रिट दायर गरेको थियो । अदालतले २५ पुसभित्र लिखित जवाफ दिन परराष्ट्रलाई आदेश दिएको हो । यो रिटमा अदालतले अग्राधिकार प्रदान गरेको छ ।
एनआरएनए आधिकारिक रुपमा २०७० कात्तिक ४ गते परराष्ट्र मन्त्रालयमा दर्ता भएको थियो । हरेक १० वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । गत कात्तिकमा १० वर्ष पूरा भइसकेको छ ।
संघको गत अक्टोबरमा सम्पन्न एघारौं महाधिवेशनबाट डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । नवीकरण गर्ने समय भए पछि संघले मन्त्रालयमा निवेदन गरेको थियो । तर, परराष्ट्रमन्त्रीको दबावमा फाइल रोकिएको बताइएको छ ।
सबै प्रक्रिया पूरा गरेर नवीकरणका लागि निवेदन दिए पनि बिना कारण फाइल रोकिएको संघका पदाधिकारीले गुनासो गर्दै आएका छन । गत महाधिवेशनबाट नेतृत्वमा उपविजेता बनेका कतारका राजेन्द्र कुमार शर्मा (आरके), महेश श्रेष्ठलगायतका पराजित केही उम्मेदवारहरूले चुनावमा धाँधली भएको बहाना देखाउँदै प्रधानमन्त्री र परराष्ट्रमन्त्री समक्ष निर्वाचन प्रक्रिया रद्द गर्न माग गरेका थिए । त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआइबीलाई छानबिन गर्न निर्देशन दिएका थिए । सीआइबीले तयार पारेको रिपोर्ट अहिलेसम्म आधिकारिक रुपमा सार्वजानिक भएको छैन ।
नवीकरण रोकेपछि संघले अदालतको सहारा लिएको हो । परराष्ट्रमन्त्री साउदले भने एनआरएनएभित्र देखिएको विवाद मिलाउन आफूले पहल गरिरहेको बताउँदै आएका छन । साउदले पुस ८ गते मन्त्रालयमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेलाई बोलाएर छलफल समेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
सन्दीपको रिट मुख्य न्यायाधीश निरौला र ढुंगेलको इजलासमा
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार