डीएसपीको बढुवा रोकेर एसपी सरुवामा चलखेल सुरु
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार ११:५३:३४
२९ पुस, काठमाडौं । नेपाल प्रहरीले डीएसपीबाट एसपी बढुवा र एसपीको सरुवा एकैपटक गर्न लागेको छ । एक वर्षमा इन्चार्ज खाली हुने जिल्लाको एसपी सरुवा र डीएसपी बढुवा एकै पटक हुनेगरी तयारी थालेको हो । प्रहरी प्रधानकार्यालयले डीएसपीबाट एसपी बढुवा गर्न एक महिनाअघि नै कसरत गरेको भएपनि मन्त्रालय बाधक बनेपछि रोकिएको छ । १७ भन्दा बढी जिल्लाका एसपीको कार्यकाल १ बर्ष पुगेकाले सरुवा हुन लागेको भएपनि गृहमन्त्रालयले कसलाई पठाउने भन्दै लेखाजोखा गर्न थालेको छ ।
धनकुटा, मोरङ, झापा, सिरहा, महोत्तरी, पर्सा, चितवन, सिन्धुपाल्चोक, धादिङ जिल्लाका एसपीको एक बर्ष अवधि पुगिसकेको छ । त्यस्तै, तनहुँ, रुपन्देही, बागलुङ, स्याङ्जा, पाल्पा, बार्दिया, कन्चनपुर, पश्चिम नवलपरासीका एसपीको पनि एक बर्ष पुगेको छ । पर्सामा यतिबेला कुमोम शाह छन उनको स्थानमा काठमाडौमा रहेका एसपी कुमोद ढुंगेललाई पठाउने तयारी भएको छ । यस्तै झापामा रहेका दुर्गा रेग्मीको काम चित्त नबुझेको भन्दै उनको स्थानमा ललितपुरबाट नवराज कार्की वा गौतम केसी मध्ये एकलाई पठाउने तयारी भएको छ । तर झापामा अपराध अनुसन्धान कार्यालयमा कार्यरत मिलन केसीले बाजी मार्ने संभावना रहेको छ ।
डीआईजी सरुवामा यज्ञविनोद पोखरेललाई सबैभन्दा आकर्षक मधेश प्रदेशमा पठाउन सफल भएकी गृहमन्त्री नारायणकाजी श्रेष्ठकी स्वकीय सवि सुशन कर्माचार्यले खाली हुने जिल्लामा कसलाई पठाउने भनेर लेखाजोखा गरिरहेको स्रोतको दावी छ । रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, गौतम केसी, सन्तोष खड्का, रमेश पण्डितको प्रतिस्प्र्धा रहेको छ । पण्डितले शक्तिकेन्द्रबाट दबाब दिए पनि केही महिनाअघि मात्र नुवाकोटको इन्चार्जबाट सरुवा भएकाले उनको निकै कम छ ।
एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री रोज राणामार्फत् रुपन्देही जाने प्रयासमा छन् । झापाको एसपीमा मिलन केसी र बसुन्धरा खड्का लागेका छन् । चितवनका लागि शालिग्राम शर्मा पौडेल र भावेश रिमालले आ आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । पौडेलले चितवनको डीएसपीको रुपमा काम गरिसकेका छन् । मोरङमा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी हुने दाउमा छन् । कांंग्रेस नेता डा. शेखर कोइरालालाई भनसुन गरी मोरङमा एसपी भएका र बीचमै तानिएका शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन दौडधुप गरिरहेका छन् । धनकुटाबाट एसपी कृष्ण कोइराला काठमाडौं परिसरमा आउन चाहिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार