माघ १ गते पाँचौं पटक उद्घाटन हुँदैछ मेलम्चीको पानी
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १७:७:१८
२९ पुस, काठमाडौं । मेलम्चीको पानी सोमबार बिहान उपभोक्ताको धारमा आउँदैछ । यसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित आफ्नै कार्यालय परिसरको धारा खालेर सोमबार सात महिनादेखि रोकिएको खानेपानी बितरणको पाँचौँ पटक शुभारम्भ गर्न लागेका हुन् ।
मेलम्चीका पानी काठमाडौं आउनु आफैमा रोचक बन्न थालेको छ । पटकैपिच्छे मेलम्चीबाट काठमाडौं पानी आउँदा उद्घाटन गर्ने परम्परा जस्तै भएको छ । पानी वितरण गरेको तीन वर्ष बित्न लाग्दा पनि खानेपानी मन्त्रालयले मेलम्चीको पानी काठमाडौंका उपभोक्ताको धारामा निरन्तर पठाउन सकेको छैन । हरेक वर्ष यो आयोजनामा समस्या आइनैरहन्छ ।
बाढीले मेलम्चीको हेडवर्कस पुरिएर वर्षेनि क्षति गर्दै आएको छ । मर्मत गरेर पानी वितरणको तयारी हुने वित्तिकै हरेक हिउँदमा पटकै पिच्छे प्रधानमन्त्री वा मन्त्रीले उद्घाटन गरिहाल्छन् । यसपटक पनि त्यसैको निरन्तरताको तयारीमा प्रधानमन्त्री छन् । खानेपानी मन्त्रालयका अनुसार उपभोक्ताको धारामा बिहानै पानी पठाएर ९ बजे प्रधानमन्त्री दाहालले वितरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
पछिल्लो समय बाढीले मेलम्ची मुहान पुरिएको थियो । मुहान क्षेत्रमा बाढीपहिरोका कारण ६५ अर्बभन्दा बढी खर्च भइसकेको मेलम्ची आयोजनाको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला सरकारसँग यसलाई स्थायित्व दिने योजना भने बनाएको छैन । केवल प्रधानमन्त्री र मन्त्रीहरु उद्घाटनका लागि भने हर घडी तयार हुने गरेका छन् । तीन वर्ष अघि नै वितरण सुरु भएको मेलम्चीको पानी काठमाडौं बासीका लागि महत्वपूर्ण छ । काठमाडौंवासीलाई पानी कसले खुवायो भन्ने सन्देश दिन राजनीतिक नेतृत्वले उद्घाटन होडबाजी गगरिरहेका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले ०७७ को फागुन २२ मा सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टको फ्लसिङ टनेलको हाइड्रोमेकानिकलको बटम थिचेर पानी खसालेका थिए । त्यसको एक महिनापछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डमा बनाएको धारामा पानी खोलेर उद्घाटन गरेकी थिइन् ।
२०७८ असारको बाढीले फेरी मुहान पुरिएर खानेपानी बितरण बन्द भयो । पछि २०७९ बैशाखमा ११ मा अस्थायी रुपमा काठमाडौंमा वितरण गरियो, त्यसबेला तत्कालिन खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका थिए । तर बाढीपहिरोको भय बढेपछि एक महिना पानी सञ्चालन गरेर २०७९ जेठमा सुरुङ बन्द गरिएको थियो । त्यसपछि फेरि ६ महिनापछि बाढीको भयले २०८० को असारमा सुरुङ बन्द गरियो । गत साउनको अन्तिम साता दुई दिन आएको बाढीले २०७८ मा जत्तिकै १५ देखि २० मिटर अग्लो गेग्रानले मुहान पुरिएपछि अहिले मर्मत गरेर पुनः वितरण गर्न लागिएको छ, र फेरि उद्घाटनको कार्यक्रम तयार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार