सन्नी देओलको बहिनी इशा देओल श्रीमानसँग अलग भएको दाबी
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १०:५:१८
३ माघ, मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन् ।
हालै ईशा देओलको बारेमा यस्तो खबर बाहिर आएको छ । यो सुनेर सबै छक्क परे । समाचार अनुसार अभिनेत्रीले आफ्ना पति भरत तख्तानीसँग अलग भएकी छिन् ।
वास्तवमा बलिउड लाइफ र बलिउड शादी डट कममा प्रकाशित समाचारका अनुसार यी कुराहरू तब प्रकाशमा आए, जब हालसालै एक सोशल मिडिया प्रयोगकर्ताले रेडिटमा एक पोस्ट साझा गरे र त्यसमा ईशा र भरत एकअर्काबाट अलग भएको संकेत गरेका थिए । जसका कारण उनीहरु अब सार्वजनिक रुपमा सँगै देखिदैनन् । यति मात्र होइन, यो पोस्टमा प्रयोगकर्ताले भरतले आफ्नी श्रीमतीलाई धोका दिएको दाबी पनि गरेका छन् ।
प्रयोगकर्ताले आफ्नो पोस्टमा नयाँ वर्षको दिन बेंगलुरुमा भएको पार्टीमा ईशाका पति भरतलाई देखेको दाबी पनि गरेका छन् । जहाँ उनी आफ्नी एक कथित प्रेमिकासँग थिए । भरतकी प्रेमिका बैंगलोरमा मात्रै बस्छिन् भन्ने पनि बताइएको छ । यद्यपी देओल परिवारका तर्फबाट हालसम्म यी खबरमा कुनै प्रतिक्रिया आएको छैन ।
ईशा देओलले २९ जुन २०१२ मा भरतसँग विवाह गरेकी थिइन् । दुबैको विवाह इस्कॉन मन्दिरमा अत्यन्त सादगीका साथ सम्पन्न भएको थियो । विवाहको पाँच वर्षपछि यी जोडी छोरी राध्याका आमाबुवा बने र सन् २०१९ मा इशाले दोस्रो छोरी मिराया तख्तानीलाई जन्म दिइन् ।
यो स्टार जोडी प्रायः सामाजिक सञ्जालमा एकअर्कासँगको तस्विर शेयर गरेको देखिन्छ । तर, यसपटक भरत ईशा देओलको जन्मदिनको सेलिब्रेशनमा गायब देखिए । हेमा मालिनीको जन्मदिनमा पनि भरत देखिएका थिएनन् । 'धुम' हिरोइन इशाको यो पारिवारिक खबरले फ्यानहरूलाइ दुःखी बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार
अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार