अबको एक दशकभित्र २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य छः मन्त्री बस्नेत
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १२:२४:४०
४ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले एकदशकमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने बताएका छन् । आगामी दशक ऊर्जा क्षेत्रको विकासको निम्ति विशेष र महत्वपूर्ण दशक हुने उनले बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सम्भावनाहरूका दृष्टिले हेर्दा यो एक दशकको आठ वर्षमा नेपालले २१÷२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र ४÷५ सय मेगावाट उत्पादन गर्न सक्ने बताए । अहिले १५ देखि १६ महिनाको बीचमा, डेढ वर्षको अवधिमा हजार भन्दा बढी विद्युत उत्पादन गर्नसक्ने अवस्थासम्म आइपुगेका रहेछौं, यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौं भन्ने कुरा होइन । हामी उत्पादन गर्न सक्छौं, उनले भने ।
उपलब्धि र नयाँ सम्भावनासँगै चुनौतीहरु पनि सिर्जना हुने भन्दै मन्त्री बस्नेतले चुनौतीको उचित व्यवस्थापन गर्ने नीति, विधि र इच्छाशक्तिका साथ सरकार अघि बढिरहेको समेत बताए । उनले उपलब्धिहरू र सम्भावनाहरूसँगै नयाँ चुनौतीहरू पनि सिर्जना भएको बताए । हामीले चुनौतिको उचित व्यवस्थापन गर्ने र सम्भावनालाई अझ व्यवहारिक बनाउँदै जाने, उद्घाटित गर्दै जाने नीति, विधि र इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ । अहिले सरकार त्यही बाटोमा अघि बढीरहेको छ, उनले बताए ।
मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान हुने र थप लगानीका लागि सहज वातावरण बन्ने बताए । उनले लगानीका लागी सरकारले विभिन्न चरणमा छलफल चलाइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा खानेपानी आयोजना अधुरै
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार