यम र विश्वको स्वरमा 'साथी' गीत सार्वजनिक
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १२:५०:४०
४ माघ, काठमाडौं । चर्चित गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ ।
गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ ।
कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार९नवीन०को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गायक यम बरालले गायक विश्व नेपाली उमेरले भाइ भए पनि सिनियर र जुनियर पनि साथी हुन्छन् भन्ने सन्देश दिन सहकार्य गरेको बताए । गायक बरालले गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए । गायक विश्वले यम बरालको गीत सुनेर हुर्किएको आफूले यमलाई गुरु मान्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्रमा 'चिठ्ठी' आगामी जेठमा रिलिज हुँदैछ ।
भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलो पटक अभिनय गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार