काठमाडौंको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १५:१३:१२
५ माघ, काठमाडौं । काठमाडौंको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौंको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका एक सय वटा सिर्जना प्रदर्शनीमा राखिएको छ ।
काठमाडौं आर्ट बिनालेका संयोजक जेनिशा महर्जनले पेन्टिङ, धातुका मूर्ति, काठका मूर्ति पनि प्रदर्शन गरिएको जानकारी दिए । उनले मूर्त, अमूर्त चित्रकारिता र धातु कलालगायत विभिन्न विधाका सिर्जना उक्त प्रदर्शनीका विशेषता रहेको उनले बताए ।
चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुगेका काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका कथाहरुलाई एउटै पानामा विस्तृतरुपमा उतार्नसक्ने नेपाली चित्रकारिताको प्रवद्र्धन गर्नुपर्ने बताए ।
उनले भने, “नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँका हरेक संस्कृति र समाजका रोचक कथा छन् । तीमध्ये अधिकांश ठाउँका समाज र संस्कृतिलाई एउटै ठाउँमा हेर्न सकिने भएको छ ।”
उपप्रमुख डङ्गोलले चित्रकला प्रदर्शनीले काठमाडौँका पौराणिक एवं ऐतिहासिक कला, संस्कृतिबारे जानकारी दिने बताए । उनले भने, “प्रकृति, समाज र संस्कृतिको सुक्ष्म र विस्तृत कथा नै नेपाली चित्रकलाको विशेषता हो । यस प्रदर्शनीले हाम्रो पहिचान, कला, संस्कृतिलाई चिनाउन मद्दत गर्नेछ ।”
आजदेखि काठमाडौँको ठमेलस्थित काठमाडौँ गेष्ट हाउसमा सुरु भएको सो चित्रकला प्रदर्शनी आगामी विसं २०८१ वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार