विषयगत समितिका सभापति र सभामुख घिमिरेबीच आज संयुक्त छलफल
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार ९:५४:५०
७ माघ, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल राखेका छन् । आगामी संसद अधिेवेशन र विवषयत समितिका कामकारवाहीबारे सभामुख र सभापतिबीच छलफल हुने भएको हो ।
आइतबार बिहान ११ बजे सभामखुको कार्यकक्षमा समितिका सभापतिहरुलाई बोलाइएको छ । प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरले समितिमा रहेका विधेयकको अवस्था कस्तो छ र आगामी संसद अधिवेशनलाई कसरी विजनेस दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न लागेका हुन् । सरकारले यही माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् ।
संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशनयता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएको छ । हाल प्रतिनिधिसभामा विद्युतीय व्यापार विधेयक, राष्ट्रिय मर्यादासँग सम्बन्धित विधेयक र सम्पती शुद्धीकरणसँग सम्बन्धित विधेयक गरेर ३ वटा मात्रै विधेयक अगाडि बढ्नसक्ने अवस्थामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार