एनआईसी एसिया बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार ११:१३:१४
७ माघ, काठमाडौं । एनआईसी एसिया बैंकको मुनाफामा ४१ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद मुनाफा एक अर्ब ९० करोड ३८ लाख रूपैयाँ मात्र छ ।
गत वर्षको यस अवधिमा यस्तो मुनाफा तीन अर्ब २७ करोड ३३ लाख रूपैयाँ थियो । बैंकको मुख्य बिजनेस खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले मुनाफा घटेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रूपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रूपैयाँमा खुम्चिएको छ ।
त्यस्तै बैंकको लोन लस प्रोभिजन ४८ करोड रूपैयाँ छ । जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रूपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिशेयर आम्दानी २५ रूपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रूपैयाँ ७७ पैसा थियो ।
बैंकको निष्क्रिय कर्जा कुल कर्जामा १.१९ प्रतिशत छ, गत वर्षको दोस्रो त्रैमासमा यस्तो कर्जा ०.६१ प्रतिशत मात्रै थियो । त्यस्तै बैंकको सीडी रेसियो गत वर्षको पुस मसान्तसम्म ८३ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म ७७ प्रतिशतमा झरेको छ । यही अवधिमा बैंकको आधार दर ११ प्रतिशतबाट ९.६८ प्रतिशतमा झरेको छ ।
बैंकको औसत ब्याजदर अन्तर (स्प्रेडदर) ३.९९ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने ५९ करोड २२ लाख रूपैयाँ ऋणात्मक छ । बैंकले यसअघि मर्जर तथा प्राप्तिमा पाएको बार्गेन पर्चेज गेनवापत सरकारलाई ४४ करोड ४५ लाख रूपैयाँ बुझाउँदा पनि वितरणयोग्य मुनाफामा असर परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार