आधा किलो सुनसहित विमानस्थलबाट खगेन्द्र दर्जी पक्राउ
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १३:१८:३७
७ माघ, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका खगेन्द्र दर्जीलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो । बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको आधा किलो सुनसहित झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई नियन्त्रणमा लिएको हो । दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलाई नियन्त्रणमा लिएको हो ।
हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए । विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
बैशाख १७, २०८१ सोमबार
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल
बैशाख १७, २०८१ सोमबार
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु
बैशाख १७, २०८१ सोमबार
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी, २६६ मतले पराजित भए कांग्रेसका सिंह
बैशाख १७, २०८१ सोमबार