सूर्तीजन्य पदार्थ बोके नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा प्रवेश गर्न नपाइने
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १९:२९:५९
९ माघ, नेपालगञ्ज । सूर्तीजन्य पदार्थ बोकेर नेपालगञ्ज प्रवेश गर्न खोज्नलाई प्रवेशमा रोक लगाउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सूर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने र गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ ।
कसैले सूर्तीजन्य पदार्थ बोकेर भित्र प्रवेश गरेमा सुरुमा चेतावनी दिइने र फेरि पनि फेला परेमा एक सय रूपैयाँ जरिवाना गर्ने उपमहानगरले जनाएको छ ।
नेपालगञ्जका मेयर प्रशान्त विष्टले सूर्तीजन्य पदार्थ रोकथामका लागि सुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाइ गर्न थालेको बताए । मेयर विष्टले चैत्रसम्म सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतना मूलक कार्यक्रमहरू गर्ने र वैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार
ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
बैशाख २३, २०८१ आइतबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै
बैशाख २३, २०८१ आइतबार