प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १२:९:४२
११ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटले मिर्गौलाका बिरामीका लागि ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ ।
अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ ।
सो अवसरमा नगरप्रमुख घनश्याम गिरीले प्राथमिक अस्पतालको परिसरमा नगरपालिकाले थप १५ श्ययाको अस्पताल बनाउन सुरुआत गरेको जानकारी दिँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनका लागि सहयोग गरेकामा धन्यवाद दिए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा उच्च प्राथमिकता दिँदै लगानी गरिरहेको जानकारी दिए ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलायसिस सेवा सञ्चालन हुने जनाइएको छ । आगामी छ महिना भित्रनै उक्त सेवा सुचारु हुने उक्त कमिटीका अध्यक्ष राजु महर्जनले जानकारी दिए ।
‘प्राथमिक अस्पताल थानकोट’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल गत हप्ता शिलान्यास गरिएको थियो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।
गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । कर बाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ ।
‘चन्द्रागिरिलाई सहयोग जारी रहन्छ’
यसैबीच नगरप्रमुख गिरी, उपप्रमुख उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) का उच्च पदस्थ पदाधिकारीका बीचमा छलफल भएको छ । बुधबार सम्पन्न भएको सो छलफलमा नगरप्रमुख गिरीले हाल नगरपालिकाले वातावरण संरक्षणमा गरिरहेको कामसहित नगरका गतिविधि प्रस्तुत गरेको थियो ।
सो अवसरमा युएसआइडी प्रशासन सहायक सेनन ग्रिनले युएसआइडीले चन्द्रागिरि नगरपालिकालाई प्रदान गर्दै आएको सहयोग जारी रहने जानकारी दिँदै अगामी दिनमा थप सहयोगका बारेमा यस्ता छलफलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत अर्यालले युएसआइडीको आर्थिक एवं प्राविधिक सहयोगमा स्वच्छ हावासम्बन्धी परियोजना कार्यान्वयन गरिराखेको बताए ।
सो अवसरमा नगरपालिकाले कार्यक्रम कार्यान्वयनमा देखाएको तत्परतालाई युएसआइडीका प्रतिनिधिले धन्यवाद दिएका थिए । परियोजनाअन्तर्गत जस्तै सवारी साधनको वायु गुणस्तर जाँच र हरियो ‘स्टिकर’ प्रदान, सवारीमा ‘डस्टबिन’ राख्न प्रेरणास्वरूप चेतनामूलक ‘स्टिकर ’ टाँस, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम र घरघरमा परिचालन गर्ने काम नगरपालिकाले गरिराखेको छ । यसैगरी सरसफाइकर्मीलाई अभिमुखीकरण र वायु गुणस्तर र फोहरमैला सचेतनाका लागि नागरिक सञ्जाल गठन परिचालन र पैरवी, इन्डक्सन चुलो वितरणसमेत नगरपालिकाले गरिराखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
मनीषा कोइराला, भन्छिन् 'एउटा असल जीवनसाथीको चाहाना छ’
बैशाख १९, २०८१ बुधबार
आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
कालिमाटी तरकारी तथा फलफुल, गुन्द्रुक प्रतिकेजी २५० रुपैयाँ
बैशाख १९, २०८१ बुधबार
ललितपुरमा डढेलो निभाउँदा घाइते भएका थप एक जनाको मृत्यु, आगो अझै नियन्त्रणबाहिर
बैशाख १९, २०८१ बुधबार
इलाममा मारुती भ्यान दुर्घटना : १ जनाको मृत्यु, एक गम्भीर घाइते
बैशाख १९, २०८१ बुधबार