जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर हत्या गर्नेलाई मृत्युदण्ड
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १६:३४:१२
११ माघ, टोकियो । जापानको एक अदालतले बिहीबार एक ४५ वर्षीय पुरुषलाई २०१९ मा प्रख्यात क्योटो एनिमेसन स्टुडियोमा आगजनी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
सो दुर्घटनामा परी २० वर्षमा देशको सबैभन्दा नराम्रो सामूहिक हत्याकाण्डमा ३६ जना मारिएका थिए ।प्रतिवादी शिन्जी आओबाले आफ्नो कामको चोरी भएको र त्यसको बदलामा स्टुडियोमा आगजनी गर्न पेट्रोल प्रयोग गरेको थिए । उनले त्यो कुरा स्विकार गरे पछि उनी माथी हत्या र आगजनी गरेको आरोपमा मुद्दा लगाइएको थियो।जुन मुद्दामा उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी ठहर गरेको हो ।
सो आगलागीको समयमा दर्जनौं मानिस तीन तले भवन भित्र थिए, जुन यति छिटो फैलिएको थियो कि धेरैलाई भाग्ने समय नै पाएका थिएनन, प्रहरीले भन्यो । सो दुर्घटनामा परी मर्नेहरू सबै कर्मचारी थिए भने कम्तीमा ३२ जना घाइते भएको एनएचकेले जनाएको छ ।
आफ्नो फैसलामा अदालतको अध्यक्षता न्यायाधीश केइसुके मसुदाले आओबाको अपराधलाई एकदमै क्रूर र अमानवीय भएको जनाएका छन । ‘पिडितहरूको मृत्यु धेरै गम्भीर र दुखद थियो,’ मसुदाले स्टुडियोलाई कसरी आगो र धुवाँले घेरेको भन्ने बिषयको बर्णन गर्दै भनेका छन । उनले दोस्रो विश्वयुद्द पछि जापानी इतिहासमा सबैभन्दा क्रुर सामुहिक हत्याको संज्ञा पनि दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार
भारतमा चट्याङ पर्दा १२ जनाको मृत्यु
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार