क्रिप्टो करेन्सी कारोबारी शुभम यादव र रोहन चौधरीविरुद्ध ४२ करोड बिगो दाबीसहित मुद्दा दायर
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार २०:०:२५
११ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी यूएसडीटी कोइन) को कारोबार गरेको अभियोगमा झापाका शुभम कुमार यादव र रोहन चौधरीविरुद्ध १४ करोड बिगोको तीन गुणा ४२ करोड सम्मको माग दाबी गरेर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरू शुभम कुमार यादव र रोहन चौधरीविरूद्ध मुद्दा दायर भएको हो । करिब ५ महिनाको सूक्ष्म अनुसन्धानपश्चात् उनीहरूविरूद्ध मुद्दा दर्ता भएको विभागले जनाएको छ । प्रतिवादी शुभम कुमार यादवले बाइनान्स एप र को पिटुपी च्यानलको प्रयोग गरी अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।
शुभम कुमार यादवले कारोबारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको खाता प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय मागदाबी गरी अभियोग दायर गरेको अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी नवराज अधिकारीले बताए । उनले १४ करोड बिगो मागदाबी गरिएको बताए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अभौतिक मुद्राको कारोबारलाई सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएका छन् । उनीहरूमाथि विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय माग दाबी गरी अभियोग दायर गरिएको महानिर्देशक ढुंगानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार