आहारारा गोल्डकपमा संकटा र आर्मी प्रतिस्पर्धा गर्ने
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १०:५४:३९
१४ माघ पोखरा । आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले आहारारामा नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो । आहारारामा आर्मी र संकटा नयाँ प्रतिद्वन्द्वी भने होइनन् । यसअघि २ पटक सँगै क्वार्टरफाइनलमै भिडेका २ टिममा दुवैले एक÷एक जित निकालेका छन् ।
आहारारा गोल्डकपको दुई दशक लामो इतिहासमा संकटाको अनभुव छोटो छ । संकटा हालसम्म ७ पटकमात्रै प्रतियोगितामा सहभागी छ । तर संकटाले २ पटक उपाधि जितेको छ भने दुई पटक सेमिफाइनल खेलिसकेको छ ।
संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४–२ ले जितेको थियो । यता त्रिभुवन आर्मी क्लबले हालसम्म आहाराराको उपाधि जित्न सकेको छैन । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा उपाधिविहीन हुँदै आएको छ ।
विभागीय टिम नेपाल आर्मीलाई भरत खवासको कप्तानी सम्हाल्नेछन् । यो टिम आहारारा पोखरा गोल्डकपमा १५औं सहभागिता हो ।
टिममा भरतसँगै राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जन, विमल पाण्डेलगायत आर्मीको टिममा छन् । आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि स्पर्धा गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार