विधानको मस्यौदाबारे छलफल गर्न नेकपा एसको राष्ट्रिय परिषद् बैठक बस्दै
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १०:५८:२१
१४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय परिषदको बैठक आज काठमाडौंमा बस्दै छ । विधानको मस्यौदामा छलफल गर्न बोलाइएको बैठक काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे सुरु हुने छ । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।
उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदलले तयार पारेको विधान मस्यौदा बैठकमा पेस हुने छ । राष्ट्रिय परिषद् सदस्यबाट सुझाव लिएर विधानलाई पूर्णता दिइने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए । त्यसपछि सोही विधान अनुसार टेकेर आगामी जेठमा हुने महाधिवेशनबाट नेतृत्व चयन गर्ने उनले बताए ।
राष्ट्रिय परिषद् बैठकको सुझाव अनुसार प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पस्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने गरी विधानलाई अन्तिम रूप दिन लागिएको हो ।
राष्ट्रिय परिषद् बैठकमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई–दुई जनाको प्रतिनिधित्व हुने छ । त्यसभन्दा माथि केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरू राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन्छन् । केही सदस्य मनोनीत पनि हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार