भिल्लारियलसँग बार्सिलोना लज्जास्पद हार
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार ११:३:३१
१४ माघ, काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।
भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर सोरलोथ र जोस लुइस मोरालेसले एक एक गोल गरेका थिए ।
त्यसैगरी बार्सिलोनाका लागि इके गुनडोगान र पेड्रीले एक एक गोल गरेका थिए भने एक गोल भिल्लारियलका एरिक बेलीले आत्मघाती गोल गरेका थिए । यो जितपछि भिल्लारियलको २२ खेलमा २३ अंक भएको छ र अंकतालिकामा १४औं स्थानमा रहेको छ ।
त्यस्तै बार्सिलोनाको भने यो यस सिजनको पाँचौं हार हो । २१ खेलमा बार्सिलोनाको ४४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा १० अंकले पछाडि रहेको छ ।
यो हारपछि बार्सिलोनाका प्रशिक्षक जाभीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार