'पूजार सार्की'को फर्स्ट लुक पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १२:१०:१६
१४ माघ, काठमाडौं। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकैसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र 'पूजार सार्की'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलबारदेखि हुने छायाङ्कनको लागि आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।
चलचित्रका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका छन् । पुरानो 'टेक्स्चर'मा तयार पारिएको पोस्टरमा अभिनेता त्रय आर्यन, प्रदीप र पललाई राखिएको छ । यी अभिनेताहरू आ-आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको डिजाइनबाट चलचित्रको कथा अहिलेको नभइ निकै वर्ष अघिको रहेको अनुमान लगाउन सकिन्छ । पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् ।
यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको अभिनय रहनेछ ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै 'पूजार सार्की' चर्चामा रहँदै आएको छ । यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । 'प्रसाद', 'क्लासिक', 'नोभेम्बर रेन', 'प्रकाश' लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र 'प्रकाश'मा सहकार्य गरेका थिए ।
चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो । यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।
'पूजार सार्की'लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने 'पूजार सार्की'का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
मेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार