फागुन ४ गतेबाट प्रदर्शन हुने 'जिग्री' को टिजर सार्वजनिक
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १२:४५:६
१४ माघ, काठमाडौं । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र जिग्रीको टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।
टिजरमा मुख्य पात्रका अलावा लुट चलचित्रमा पाण्डे नामले परिचित सुशील राज पाण्डे देखी थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ । यस अघि नै चलचित्रको पोस्टर सार्वजनिक गरी फागुन ४ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।
चलचित्र ञजिग्रीझमा कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको छ । चलचित्रलाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा मुख्य कलाकारहरू सँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।
चलचित्र जिग्री वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सिँदै काठमाडौंमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषय वस्तु रहेको छ । सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् ।
चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार