महानगर शिक्षा शाखा प्रमुखसँग मेयर बालेनले सोधे स्पष्टीकरण
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १७:४७:११
१४ माघ, काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको हो । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् ।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो ।
उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो । महानगर शिक्षा समितिले अनुमति नै नदिएको विषयमा शिक्षा शाखा प्रमुखले कसरी अनुमति दिएको भन्दै एक साताभित्र आफ्नो सफाइ पेश गर्न भनिएको स्वकीय सचिव शाहले बताए ।
रत्नराज्य स्कुलमा विज्ञान विषयको ‘प्लस टु’ चलाउन अनुमति पत्र दिएका थिए । नगर शिक्षा समितिको निर्णयअनुसार अनुमति दिइएको भनिएको थियो । तर, समितिले यो विषयमा कुनै निर्णय नगरेको तर, शिक्षा प्रमुखले अनुमति दिएको पाइएपछि सफाइ पेश गर्ने मौका दिइएको उनको भनाइ छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टु मा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री
बैशाख २३, २०८१ आइतबार
ठेकी प्रयोगविहीन हुन थालेपछि जीविकोपार्जनमा समस्या
बैशाख २३, २०८१ आइतबार
कैलालीका थारु समुदायमा भजहरको रौनक
बैशाख २३, २०८१ आइतबार
रायोको साग बेचेर वार्षिक लाख आम्दानी
बैशाख २३, २०८१ आइतबार
खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
बैशाख २३, २०८१ आइतबार