पटके कारबाहीमा परेको हिमालयन बैंकको खराब कर्जामा रेकर्ड, पौने ५ अर्ब वितरणयोग्य मुनाफा घाटामा
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार ६:०:२२
१६ माघ, काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको पटके कारबाहीमा परेको र संस्थापक सञ्चालकहरु बीच वर्षौंदेखि विवाद चलिरहेको हिमालयन बैंकको खराब कर्जाले बैंकका संस्थापक र सर्वसाधारण शेयरधनीलाई पिरोलिरहेको छ । तर बैंकका सञ्चालक तथा सीईओदेखि उच्च व्यवस्थापनलाई भने बालै फरर हुने गरेको छ ।
चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा बैंकको खराब कर्जा ४ दशमलव ९५ प्रतिशत पुगेको छ । एक वर्ष अघि खराब कर्जा ३ दशमलव ७७ प्रतिशत थियो । वाणिज्य बैंकहरुमा सर्वाधिक खराब कर्जा हुने वाणिज्य बैंकमा हिमालयन बैंक दोश्रो स्थानमा रहेको छ । यसरी बैंक सर्वाधिक खराब कर्जा भएको बैंकमा दोश्रो स्थान हासिल गर्दै रेकर्ड बनाएको हो ।
कम्पनीको मुनाफा १ अर्ब माथि भए पनि कम्पनीको वितरणयोग्य मुनाफा भने ४ अर्ब माथि ऋणात्मक छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८ करोड माथि वितरणयोग्य मुनाफा रहेकोमा अहिले आएर ४ अर्ब ५२ करोड ऋणात्मक छ ।
वर्षौंपछि हिमालयन बैंकका शेयरधनी लाभांशको मामलामा जिल्ल भएका छन् । बैंकले आर्थिक वर्ष ०७९/८० को साधारणसभा सम्पन्न गरे पनि सो सभामार्फत शेयरधनीलाई कुनै पनि लाभांश दिएन । विगत लामो समयदेखि थोरै भएपनि लाभांश खाँदै आएका लगानीकर्तालाई यो वर्ष हाँस्नु कि रुनु भएको छ ।
बैंक संचालक समितिको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा फरहान तालिव, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, प्रताप जंग पाण्डे रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अशोक राणादेखि डेपुटी सीईओमा उज्जल राजभण्डारी, अनुप मास्के र सहायक सीईओमा बिपिन हाडा, सुनिलप्रसाद गोर्खाली, सतिस राज जोशी, विजयमान नकर्मी र मृगेन्द्र प्रधान रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब ५० करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले ९५ करोड ४७ लाख बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ५७ दशमलव ५३ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ६४ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ८२ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ५९ दशमलव ५० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ५९ दशमलव २१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २१ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ३८ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी ः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रूपैयाँ ८९ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १३ रूपैयाँ ६३ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ दशमलव ९१ प्रतिशतले बढेको छ ।
वितरणयोग्य मुनाफा ः
कम्पनीको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा ८ करोड ७२ लाख थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ खर्ब ९८ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९÷८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ८ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ३ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १८ दशमलव २२ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड पुगेको छ भने संचित मुनाफा ४ अर्ब ५२ करोड रुपैयाँ ऋणात्मक छ ।
किताबी मूल्य ः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६२ रूपैयाँ १७ पैसा छ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ४ दशमलव ९५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा ३ दशमलव ७७ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा हबिब बैंक लिमिटेड रहेको छ । बैंकमा हबिबको १२ दशमलव ९३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
बैंकले आर्थिक वर्ष ०७९/८० को साधारणसभा सम्पन्न गरे पनि सो सभामार्फत शेयरधनीलाई कुनै पनि लाभांश दिएन । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा ८ प्रतिशत बोनस र ११ दशमलव ११ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार