प्रजातन्त्रमा बलिदान दिएकाको अपमान हुने गरी ३ हजार शहीद थप्ने प्रधानमन्त्रीको निर्णय गलत छः कोइराला
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १५:८:४८
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तीन हजार शहीद थप्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय गलत भएको बताएका छन् । उनले प्रधानमन्त्रीको निर्णयबाट प्रजातन्त्र र लोकतन्त्रका लागि बलिदानी दिएको शहिदहरुको अवमूल्यन गर्ने काम भएको बताए ।
मंगलबारदेखि सुरु ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाले प्रजातन्त्रका निम्ति बलिदान दिएका शहिदको प्रधानमन्त्रीले अवमूल्यन गरेको बताएका हुन् । तीन हजार सहिद थप्ने प्रधानमन्त्रीको घोषणाले सच्चा शहिदको अवमूल्यन भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीजीले तीन हजार थप शहिद थप्ने कुरा गलत छ, शहिद दिवसका दिन हामीले शहिदहरूको अवमूल्यन गर्नु भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ, कोइरालाले भने, शहिदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा शहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहिदको संख्या थप्दै गर्दा शहीदकै अपमान हुने बुझेको छु ।
यही माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले करिब तीन हजारलाई छिट्टै शहिद घोषणा गर्ने बताएका थिए । नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको पनि बताए । समुदाय स्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
डा. चिरञ्जीवी नेपालले राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट दिए राजीनामा
बैशाख ३०, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहरमा तस्बिर खिच्नेको भीड
बैशाख ३०, २०८१ आइतबार
संसद अवरोधबारे छलफल गर्न सभामुखले बोलाए मन्त्रीसहित दलका नेताको बैठक
बैशाख ३०, २०८१ आइतबार
जलवायु परिवर्तन र मानवीय गतिविधिले माछाका प्रजाति लोप हुँदै
बैशाख ३०, २०८१ आइतबार
सुनको मूल्य पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ३०, २०८१ आइतबार
खानेपानीको सुविधा नहुँदा इनारको पानी खान बाध्य
बैशाख ३०, २०८१ आइतबार