वालिङ उद्योग वाणिज्य संघको बैठकमा बैठक पुस्तिका च्याताच्यात पछि हात हालाहाल !
मोहन गुरुङ
माघ १६, २०८० मंगलबार १८:३९:९
१६ माघ, स्याङजा । वालिङ उद्योग वाणिज्य संघको सोमबार साँझ बसेको बैठकमा बैठक पुस्तिका खोसाखोस र च्याताच्यात साथै हात हालाहाल भएको खबर छ । यही माघ १८ गतेदेखि सुरु हुने आठौं वालिङ महोत्सवको उद्घाटन सत्रका प्रमुख अतिथि लगायतका बारेमा विवाद हुँदा बैठकमा कार्यसमितिका केही सदस्यले माइन्यूट च्यातेको जनाइएको छ । माइन्यूट च्यातेका सदस्यलाई अर्का कार्यसमिति सदस्यले हात हालेको सो स्रोतले जनायो ।
सो बैठकमा सहभागी एक सदस्यले नाम नबताउने शर्तमा नेपालबहसलाई दिएको जानकारी अनुसार संघमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका एक सदस्यले माइन्यूट च्यातेका हुन् । उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ र महासचिव रमेश अर्यालले संघको विभिन्न बैठकका निर्णयहरू सार्वजनिक नगरेकाले बैठकमा विवाद भएको बताइएको छ । अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस र महासचिव अर्याल नेकपा (एमाले)को सिफारिसमा संघको नेतृत्वमा गएका हुन् । उनीहरूले बैठकको माइन्यूट निजी सम्पति जसरी अफिसमा नराखी घरमा लाने तथा बैठकमा कार्यसमितिको उपस्थितिमा हस्ताक्षर गराएपनि निर्णयमा हस्ताक्षर नगराई मनखुसी निर्णयहरू लेख्ने गरेको आरोप कार्यसमिति कै एक सदस्यले लगाएका छन् ।
अध्यक्ष श्रेष्ठलाई नेपाली कांग्रेस पार्टीको सिफारिसमा संघको नेतृत्वमा पठाएतापनि पार्टीसँग छलफल र सहकार्य नगरेको भन्दै वालिङ कांग्रेसमा उनको चर्को आलोचना हुँदै आएको छ । उनलाई संघ भित्र एमाले समर्थित र बाहिर एमालेसँग सहकार्य गरेको भन्दै आलोचना हुँदै आएको छ । कांग्रेसका एक नेताले भने, हिजो संघको नेतृत्व गर्न पार्टीका नेता गुहार्ने उनले आज खोला तर्यो लौरौ बिर्स्यो गरे ।’ एमालेलाई वैशाखी बनाएर आफू सफल हुने रणनीति बनाएको उनले आरोप लगाए ।
अध्यक्ष र महासचिवले सोमबारसम्म उद्घाटन सत्रका प्रमुख अतिथि कसलाई बनाउने भन्ने निर्णय नभइसकेको नेपालबहसलाई बताएका दिए । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रमुख अतिथि बनाउने निर्णय गत पुस २७ गतेको कार्यसमिति बैठकले नै निर्णय गरिसकेको पाइएको छ । अध्यक्ष र महासचिवले संघ भित्रका निर्णयहरू कार्यसमितिमा जानकारी एवं सार्वजनिक नगरी एकलौटी निर्णयहरू गर्दै अघि बढ्दा महोत्सवको संघारमा झनै विवाद चुलिएको हो ।
हिजोका घटना बारे अध्यक्षले बैठकमा सामान्य भनाभन भएको बताए । उनले भने, ‘हिजो महोत्सव आयोजक समितिको बैठकमा सामान्य विषयमा छलफल हुँदा साथीहरू अलि तात्नु भो । तर, पछि सबै जना संयमित भएर महोत्सव सफल पार्न एक भएका छौं ।’
उता माइन्यूट खोसाखोस र च्याताच्यातको घट्नामा संलग्न कार्यसमितिका एक सदस्यले अध्यक्षले पार्टीसँग समन्वय र पुस २७ गतेको बैठकमा अनुपस्थित आफूहरूलाई बैठकको जानकारी नगराइएकाले विवाद भएको बताए । बिना छलफल र जानकारी मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउने एकलौटी निर्णय गरेको भन्दै विवाद उठेको हो । नेपालबहससँग कुरा गर्दै कार्यसमितिका अर्का सदस्य अशोक तिवारीले भने, ‘बैठकमा साथीभाईबीच भएको छलफलको गलत सूचना गएछ । सौहार्दपूर्ण वातावरणमा बैठक सम्पन्न भएको हो । हामी एकमनले महोत्सव सम्पन्न गर्न लागेका छौं ।’
नेपाली कांग्रेसका क्षेत्र नम्बर २ सभापति एवं वालिङ नगरपालिकाका पूर्वमेयर दीलिपप्रताप खाँणले महोत्सवका प्रमुख अतिथि बारे आफू र पार्टीसँग कुनै छलफल नगरिएको बताए । आफू पार्टीको अन्य काममा व्यस्त भएकाले पनि आफूसँग सल्लाह, छलफल र समन्वय नगरेको हुन सक्ने उनले बताए । हिजो साँझ अध्यक्ष श्रेष्ठले कांगेसका केही नेताहरूसँग आफूले छलफल र सल्लाह नगरेर गल्ती गरेको भन्दै माफी मागेको स्रोतले जनाएको छ ।
महोत्सवको प्रमुख अतिथिको विवादबारे महोत्सव मुल आयोजक समितिका निर्देशक एवं वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेलसँग बुझ्न खोज्दा फोन सम्पर्कमा आएनन् । सोमबारदेखि पटक पटक फोन सम्पर्क गर्दा पनि उनीसँग फोन सम्पर्क हुन सकेनन् ।
महोत्सवमा प्रमुख अतिथि बनाइने भनेर प्रचारप्रसार गरिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पार्टीभित्रको विवाद र महोत्सव आयोजक समितिभित्रको विवादले मुख्यमन्त्रीको सचिवालयले अझै निधो दिएको छैन । विवादका बीच मुख्यमन्त्री आउने नआउने ठेगान पनि छैन् । यद्दपि अध्यक्ष श्रेष्ठले पुस २७ को निर्णय अनुसार मुख्यमन्त्रीसँग अनौपचारिक रुपमा समय लिई सकिएको र आज औपचारिक निमन्त्रणा गरिएकोले उहाँकै प्रमुख आतिथ्यतामा वालिङ महोत्सवको उद्घाटन हुने दावी गरेका छन् ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपगण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार