प्रधानमन्त्रीको निर्देशनमा शारदाप्रसाद अधिकारीका छोरालाई रामग्रामको ठेक्का, आर्थिक चलखेलमा सहमति
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १२:२५:१६
१७ माघ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि उनका घरबेटी शारदाप्रसाद अधिकारीका छोराको कम्पनीलाई भाडामा दिने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी विवादास्पद ठेकेदार हुन् । यो ठेक्का प्रकरणमा ठूलो आर्थिक अनियमितता भएको आशंका गरिएको छ ।
अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई उक्त ठेक्का दिने सहमति भएको हो । यसमा पर्यटन मन्त्री सुदन किराँती पनि संलग्न छन् । प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री किराँती र विवादास्पद छविका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा यो सहमति भएको हो ।
उनलाई विभिन्न घटनामा प्रधानमन्त्री प्रचण्डले नै बचाउँदै आएका छन् । प्रचण्डको आडमा अधिकारीले कयौँ आयोजना ठेक्कामा लिएर अलपत्र पारेका छन् । उनै अधिकारीका छोरोको कम्पनीलाई प्रधानमन्त्री प्रचण्डको जोडबलमा रामग्राम स्तुपा क्षेत्र ९९ सय वर्षका लागि भाडामा दिन लागिएको हो ।
यसको ठेक्का प्रकरणमा आर्थिक अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले ठेक्का दिँदा गरिएको सबै कागजातहरू एक साताभित्र उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्रीको पहलमा अधिकारका छोरालाई गलत ढंगबाट ठेक्का दिने निर्णय गरिएको भन्दै यसको सर्वत्र विरोध भइरहेको छ । स्थानीयबासीहरु पनि विरोधमा उत्रिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको रोहबरमा भएको निर्णय बदर गर्न स्थानीयले माग गरेका छन् । लुम्बिनी विकास कोषमार्फत स्तूपा क्षेत्रको विकास, संरक्षण र उत्खनन् समेतको जिम्मा प्रधानमन्त्री निकटका ठेकेदार अधिकारीका छोराको निजी कम्पनीलाई दिने सहमतिपछि स्थानीय स्तरमा चर्को विरोध भएको छ ।
कोषले केही समयअघि प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुसार अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन दिने सैद्धान्तिक सहमति प्रदान गरेको थियो । रामग्राम परियोजनामा स्थानीयबासीको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ ।
कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्न मात्र करिब एक अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे पाँच अर्ब रूपैयाँ लाग्ने अनुमान छ ।
जग्गा अधिग्रहण गरेपछि चार कुनामा चार स्तूप र विभिन्न देशका १६ वटा विहार तथा ध्यान केन्द्र बनाउने योजना छ । अहिले रहेको स्तूप परिसरमा हरियाली बनाउने र तीर्थयात्रीले पूजा गरेर दीप प्रज्ज्वलन गर्ने व्यवस्था गरिने भनिएको छ ।
प्रमिस्ड ल्यान्डले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डको जन्मदिन पारेर प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री सुदन किराँती तथा कोषका पदाधिकारीलाई समेत प्रभावित गर्न ५० लाख रुपैयाँ बढी खर्च गरेर ‘रामग्राम दूरदर्शी परियोजना’ शुभारम्भ गरेको थियो ।
तर विवादास्पद छविका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा विना प्रतिस्पर्धा स्तूप क्षेत्र ९९ वर्षका लागि लिजमा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयले स्थानीय राजनीतिक दल र रामग्रामसँग सरोकार राख्नेहरूले विरोध जनाउँदै उक्त सहमति बदर गर्न माग गरेका छन् ।
जग्गा अधिग्रहणको प्रक्रिया नै नथाली लिजमा दिने निर्णय नै गलत भएकाले थुप्रै शंका उत्पन्न गराएको हुँदा निर्णय बदर गर्नुपर्ने स्थानीय सरोकारवालाको माग रहेको छ । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको विकास गर्ने नै हो भने लुम्बिनी विकास कोषले नै गर्नुपर्ने बताए । आर्थिक चलखेलबाट विवादास्पद र स्वार्थ बाझिएका व्यक्तिको निजी कम्पनीलाई लिजमा दिने कुराले प्रधानमन्त्री प्रचण्ड फेरी विवादमा तानिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
पार्टी विभाजनबारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै
बैशाख २६, २०८१ बुधबार
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नुहँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
कालीकोटका किसानलाई गोठालो भत्ता !
बैशाख २६, २०८१ बुधबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार