पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १३:२६:४४
१७ माघ, धुलिखेल । चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली करिब एक महिनादेखि नै लागिरहेको छ ।
टोलीले कोरेको चित्रकलामा पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्कन्छ । पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको हो । पनौती पर्यटन विकास केन्द्रको अगुवाइमा बागमती प्रदेश सरकारको सहयोगमा सो कलाकृति तयार पार्ने काम भइरहेको केन्द्रले जनाएको छ ।
धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सहर पनौती त्रिवेणीघाट परिसरमा रहेको घरको मन्दिरपट्टी तर्फका घरका भित्तामा बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए । चित्रकला कर्माचार्यकै परिकल्पनामा तयार पारिएको हो ।
केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा पर्यटकलाई थप आकर्षित गर्नका लागि त्रिवेणी घाटमा कलाकृति निर्माण गरेको बताए। त्यसका लागि प्रदेश सरकारले रु २५ लाख बजेट विनियोजन गरेको उनको भनाइ छ ।
“पनौतीको प्रचारप्रसारको यो नयाँ प्रयास हो, हाम्रो प्रयासलाई पूर्णता दिनका लागि बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ”, उनले भने, “२०७८ सालमा आयोजित मकर मेलामा हाल चित्र कोरिरहेको घरका भित्तामा फ्लेक्स राखिएको थियो ।”
कलाकृति तयारीसँगै त्रिवेणीघाट आसपासमा वृक्ष रोपणको काम भएको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ । निर्माण भएको कलाकृति शालिनदीमा भइरहेको माधव नारायणका व्रतालु स्नानका लागि पनौती त्रिवेणीघाटमा आउने अवसर पारेर उद्घाटन गर्ने तयारीमा रहेको उनले बताए । उत्तर प्रयागको रुपमा परिचित त्रिवेणीघाट पनौतीको पहिचान हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार