दुई समितिका ८ जना सांसद दिल्लीमा
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १६:४५:५७
१७ माघ, काठमाडौं । आठ जना सांसद भ्रमणका लागि भारत पुगेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका ८ जना सांसदहरू भारत भ्रमणमा गएका हुन् । भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा नेपाली सांसदहरूको टोली दिल्ली पुगेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरूको टोली भारत गएको हो । सभापति यादवले भारतको संसद् तथा समितिहरूले कसरी काम गरिरहेको त्यसबारे प्रत्यक्ष अनुभव बटुल्ने उद्धेश्यले यो भ्रमण भएको बताए । नेपाली टोलीले बुधबार भारतको नयाँ संसद् भवनको अवलोकन तथा लोकसभाका अध्यक्ष ओम बिड्लासँग भेट्ने कार्यक्रम छ ।
नेपाली टोलीमा अन्य सांसदहरू छिरिङ शेर्पा, गंगाराम चौधरी, योगेश गौचन, शिशिर खनाल, सम्झना थपलिया, सुनिता बराल, हरिप्रसाद उप्रेती छन् । त्यस्तै, समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि टोलीमा सामेल छन् । सांसदहरूले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा पर्यटन मन्त्री जी किसन रेड्डीलाई भेट्ने कार्यक्रम छ ।
मंगलबार भारत पुगेका सांसदहरूको टोलीले दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मा तथा दूतावासका अधिकारीहरूसँग छलफल गरेको थियो । भारत प्रस्थानपूर्व भारतमा उठाउन सकिने विषयबारे टोलीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा वैदेशिक मामिलाका जानकारहरूसँग पनि छलफल गरेको थियो ।
दिल्लीपछि नेपाली टोलीले गोवा, मुम्बई तथा लखनऊ र बनारस भ्रमणको कार्यक्रम छ । नेपालमा लगानी सम्मेलन हुन लागेका मुम्बईमा उद्योगी व्यवसायीसँगको भेटमा त्यसबारे पनि जानकारी गराउने यादवले बताए । राज्यका मुख्यमन्त्रीहरूसँग पनि नेपाली टोलीको भेटघाट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
पक्की पुल नहुँदा फेरीबाट सवारीसाधन तारिँदै
बैशाख २४, २०८१ सोमबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
कतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
अभिभावकत्वका लागि यी ७ कुरा महत्वपूर्ण
बैशाख २४, २०८१ सोमबार