सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १२:५०:२८
१८ माघ, काठमाडौं । क्यानाडाको इतिहासमै पहिलोपटक भव्यता साथ मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ। महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानाडामै पहिलोपटक क्यानडामा बस्दै आएका बिबाहित महिला बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्य रुपमा सम्पन्न भएको हो।
क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा सम्पन्न प्रतियोगितामा सृष्टि श्रेष्ठ मिसेस नेपाल क्यानडाको ताज चुम्न सफल भएकी छिन्। प्रतियोगिताको अन्तिम प्रस्पिर्धाका उत्कृष्ट ६ लाई सोधिएको संसारमा केको कमी छ भन्ने निर्णायक प्रश्नमा आजको संसारमा अरुको भावना र अनुभवलाई महसुस गर्ने क्षमताको कमी छ।
हामी एक अर्काको अन्तरसम्बन्ध नै विभाजित हुँदै गरेको संसारमा बस्छौं। हिजोआज जहाँ समझदारी र करुणा धेरै पछाडी छ। समानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझन र स्वीकार गर्न, महसुस गर्न सकोस् भन्ने सटिक जवाफ दिँदै सृष्टीले प्रमूख उपाधिको ताज चुमेकी थिइन्। उनले प्रमूख उपाधिका साथमा सिमेस फ्रेन्डसीपको उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्।
क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्ने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फस्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनर्सअप भएका छन्। क्यानडावासी खचाखच नेपालीले भरिएको हलमा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा येमी कर्माचार्य ट्यालेन्टेट र श्याम लिम्बु पब्लिक च्वाईस अवार्ड विजेता भए।
नमुना फेसन कलेजले तयार पारेको सुन्दर डिजाइनर पोसाकमा सजिएर ¥याम्पमा प्रस्तुत भएका सुन्दरीहरुलाई कार्यक्रमका सहभागीहरुले भव्य ताली र हुटिङबाट स्वागत र प्रोत्साहित गरेका थिए। नेपालका लागि क्यानडाकी कार्यबाहाक राजदुत रोजिना तम्राकारको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा।संगिता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहेका थिए।
कार्यक्रममा महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धी र अन्तर्निहित प्रतिभा प्रदर्शन गर्नका लागि मिसेस नेपाल क्यानडाको शुरुवात गरिएको बताइन्। त्यस्तै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आफ्नो संस्थाको अन्तराष्ट्रिय प्रतियोगिताको थालनी भएको बताइन्। उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार
सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
बैशाख १५, २०८१ शनिबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार