आठौं वालिङ महोत्सवः औपचारिकताका लागि मात्रै आए मुख्यमन्त्री, १५ मिनेट भाषण गरे हिँडे
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १९:३०:४७
१८ माघ, स्याङ्जा । बिहिबारदेखि सुरु भएको आठौं वालिङ महोत्सव उद्घाटन गर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उद्घाटन सत्र नसकिँदै हिँडे । कार्यक्रममा उपस्थित विशिष्ट अतिथि र अतिथिहरूको बोल्ने क्रम जारी रहँदा बिचमै समय मागेर बोलेका मुख्यमन्त्री पाण्डे करिब १५ मिनेटको छोटो भाषणा गरेर हिँडे ।
स्थानीय कृषि, पर्यटन र संस्कार–संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको छोटो नीति तथा कार्यक्रम सुनाउन भ्याएका उनको भाषण गराइहेर्दा हतास मानसिकताको देखिन्थ्यो ।
उद्घाटन सत्रका पूर्ववक्ता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले अघिल्लो सरकारको नीति तथा कार्यक्रम काटेको भन्दै मुख्यमन्त्री पाण्डे र गण्डकी प्रदेश वर्तमान सरकारको खरो अलोचना गरेका थिए । मुख्यमन्त्री पाण्डेले थापासँग सवालजवाफ गर्न खोजेपनि त्यति मेसो भने पाएनन् । भाषणको लय जुन सिलसिलामा हुनुपर्थ्यो, भएन ।
बुधबार रातिसम्म महोत्सवमा आउने नआउने भन्ने विषयमा अन्योल रहेका मुख्यमन्त्री पाण्डे अन्ततः पार्टीको ठूलो दबावले आएको गोप्य स्रोतले नेपाल बहसलाई जानकारी दिए । शेरबहादुर देउवाको आर्शिवादले मुख्यमन्त्री बनेका उनी प्रदेशकै बहालवाला मन्त्रीको दबावमा वालिङ आएको बताइन्छ ।
महोत्सव उद्घाटनलाई भन्दा पनि उनी वालिङमा नेपाली कांग्रेस भित्रको एउटा गुटको इज्जत राख्नका लागि आएको जनाएको छ । वालिङ कांग्रेस भित्रको संस्थापन र इतर पक्षका द्वन्द्वका कारण महोत्सवमा प्रमुख अतिथि कसलाई ल्याउने भन्ने विषयमा चर्को विवाद भएको थियो । कार्यसमितिको बैठकमा प्रमुख अतिथिकै विषयलाई लिएर म्याइन्यूट खोसाखोस र हातहालाहालको स्थित समेत सिर्जना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार