‘नेपाल कल्चर फेस्टिबल’ फागुन अन्तिम सातामा हुने
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १२:३२:४१
१९ माघ, बाँके । ‘नेपाल कल्चर फेस्टिबल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको हो ।
‘अन्तराल’ को आयोजना तथा व्यवस्थापनमा हुने उक्त महोत्सवमा स्थानीय सङ्घसंस्थाले सहकार्य गर्ने भएका छन् । नेपाली मौलिक कलासंस्कृति, गीतसङ्गीत, नाच, लोकबाजा, वेशभूषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचारप्रसार गरिने सो महोत्सवका परिकल्पनाकार एवं ‘अन्तराल’का प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
“सुदूरपश्चिमको डेउडा नृत्य र गीतदेखि पूर्वी नेपालको लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम तथा तराइको थारू र अवधि नृत्य/गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमाली भेगको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै ठाउँमा प्रस्तुत हुनेछ”, उनले भने । भाषा र संस्कृतिका अध्येता, गीत र नृत्यका अध्येता तथा चाडपर्व, रीतिरिवाजका जानकारबीच छलफल तथा अन्तरक्रिया गरिने उनको भनाइ छ ।
सबै जातजातिको संस्कृति प्रवर्द्धन गर्न तथा तिनको अध्ययन अनुसन्धान गर्नसमेत महोत्सव आयोजना गर्न लागिएको प्रमुख कार्यकारी शाहले बताए । “कतिपय परम्परागत बाजा, वेशभूषा र गहना लोप हुने अवस्थामा पुगेका छन्, पुराना पुस्ताका गीत नयाँ पुस्ताले नबुझ्ने स्थिति छ, सबैखाले संस्कृति र गीतसङ्गीतको साझा मञ्चका रुपमा फेस्टिबल आयोजना गर्न लागिएको हो”, उनले भने ।
महोत्सव नेपालगन्ज रङ्गशालामा आयोजना गरिने छ । उक्त महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्यान्डदेखि चर्चित गायकगायिकाको साङ्गीतिक प्रस्तुति रहनेछ । “देश भनेको भूगोलमात्र होइन, संस्कृति जोगिएन भने पहिचान मेटिँदै जान्छ”, कार्यकारी प्रमुख शाहले भने, “नेपाल कल्चर फेस्टिबलमा नेपालगन्जमा सिङ्गो नेपाल झल्किनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार