सिमसार क्षेत्र जोगाउन चुनौती
नेपालबहस संवाददाता
माघ २०, २०८० शनिबार १३:४१:३३
२० माघ, दोधारा चाँदनी । मानव जगत्, कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असंख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सिमसार मानव जीवनको आधारका रुपमा रहेको बताए । उनले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुंगी र मानिसलाई आवश्यकपर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
“सिमसार मानव जीवनको अस्तित्वसँग जोडिएको छ, वन्यजन्तुको बासस्थानमा नभई नहुने तत्व हो”, उनले भने, “सिमसार मानव जीवनको आर्थिक, सामाजिक एवं सांस्कृतिक पक्षसँग जोडिएको छ ।” उनले कतिपय समुदाय र वन्यजन्तु सिमसार क्षेत्रमै आश्रित भएको बताए । उनका अनुसार नेपालको पाँच प्रतिशत भू–भाग सिमसारले ढाकिएको छ ।
प्राणीको जीवन पानीमा आश्रित भएको र पानीविना जीवनको अस्तित्व नरहने भएकाले यो मान्छेको फोक्सो जस्तै भएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मी जोशीको भनाइ छ । उनका अनुसार सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुंगी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धता भएकाले सिमसारको महत्वपूर्ण योगदान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार