‘मेरो एउटा साथी छः रिलोडेड’ ल्याउँदै नरेश
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १२:४:५०
२१ माघ, काठमाडौं । नरेश भट्टराई परिचितसँगै स्थापित नाम बनिसकेका छन् । सञ्चारकर्ममा साँढे दुई दशकको लामो यात्रा तय गरेका भट्टराई फरक-फरक परिचतमार्फत स्थापित छन् । उनलाई गीतकार, अभिनेता, फिल्म लेखक, मोडल लगायतका विविध परिचयले आम मानिसले चिन्ने गरेका छन् । आफूलाई ‘माईक जीवि’ भन्न रुचाउने भट्टराई सबै भन्दा बढी स्टेज कार्यक्रम संचालन गर्ने प्रस्तोता हुन् ।
नीजि क्षेत्रको रेडियो ईमेज एफएम ९७.९ मेगाहर्जसँग जोडिएका भट्टराईले संचालन गरिरहेका कार्यक्रम ‘शुभ दिन’ सबै भन्दा बढी संचालन भएको रेडियो रेडियो कार्यक्रममा पर्छ । उनको सक्रियता टेलिभिजनमा पनि उत्तिकै सक्रिय छन् । विक्रम संवत २०५७ सालमा प्रशारण भएको पहिलो डान्स रियालिटी शो ‘आँगन’ मा प्रस्तोतो बनेका भट्टराईले त्यसपछि चलचित्र, लभ एण्ड लाईफ, लोकस्टार, मेरो डान्स कप, मेरो एउटा साथी छ (तीन सिजन), मेरो डान्स युनिभर्स लगायतका कार्यक्रम संचालन गरिसकेका छन् ।
उनै लोकप्रिय सञ्चारकर्मी भट्टराई पुनः ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन लिएर आउँदै छन् । उनले नयाँ सिजनलाई ‘मेरो एउटा साथी छः रिलोडेड’ नामांकन गरेका छन् । ‘पहिलेको तुलनामा केही फरक गरेका छौँ, त्यसैले यसको नाम पनि फरक गरिएको हो । यसमा नजिकका साथीले कसरी चिनिरहेका छन् भन्ने बारेमा रमाइलो कुराकानी गर्ने गरिन्छ । धेरै अतिथिले सामान्य रुपमा नगरिने कुराहरू कार्यक्रममा गरियो भन्नुहुन्छ, मित्रतालाई अझैँ बढाउने र बुझाउने कार्यक्रम बनेको भन्ने प्रतिक्रिया पाइरहेको छु’, सञ्चारकर्मी भट्टराईले भने ।
कार्यक्रममा पहिलो अतिथिको रुपमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल छन् । सामान्यतया कार्यक्रम नदेखिने उनी दुईको मित्रतासँगै रमाइला कुराहरू कार्यक्रममा सुन्न पाउने सञ्चारकर्मी भट्टराईले बताए । यो कार्यक्रम देशमा मात्र नभइ विदेशमा समेत उत्तिकै लोकप्रिय छ । कार्यक्रम माघ २३ (फेब्रुअरी ६) देखि हरेक मंगलबार राती ९ बजे प्राइम टेलिभिजनमा आउनेछ ।
उनले देशसँगै विदेशको स्टेज कार्यक्रममा व्यस्त हुँदा पनि टेलिभिजन र रेडियो छाडेको छैनन् । हाल उनी युरोपमा ‘म्युजिकल टूर २०२४’ अन्तर्गत भ्रमणमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
विशाल भण्डारी भन्छन्: 'म र टिमको गल्तीले दुर्घटनामा पर्यौ'
चैत २९, २०८० बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार
सर्लाहीमा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने
बैशाख १६, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अञ्जान शाक्यले लिइन राष्ट्रिय सभा सदस्यको शपथ
बैशाख १६, २०८१ आइतबार