‘गजल पुञ्ज’ समूहको १२ औँ कृति लोकार्पण
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १३:२१:९
२२ माघ, काठमाडौं । बाह्र सर्जकहरुको अभियान – ‘हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौंमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तर्गत वरिष्ठ साहित्यकार मानन्धर अभागीकृत गजल सङ्ग्रह ‘गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण गरिएको छ ।
हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजयध्वज थापा, तथा विशिष्ट अतिथिका रहेका वरिष्ठ साहित्यकार एवं मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे लोकार्पित कृतिका समीक्षक वरिष्ठ समालोचक प्रा.डा.गोविन्द मानसिंह कार्की ,अतिथिका रुपमा रहेका कृतिकारकी जीवन साथी मानन्धर रेखा कार्की अर्थविद डा. रेबत बहादुर कार्कीको आतिथ्यतामा खाद्यसंस्थानका प्रबन्धक रण बहादुर बुढाथोकी र लेखक मानन्धर अभागीद्वारा संयुक्त रुपमा कृतिको लोकार्पण गरिएको थियो ।
हामी र हाम्रो कृति समूहकी उपाध्यक्ष साहित्यकार नम्रता उप्रेतीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमलाई कार्यक्रमको संचालन बहु प्रतिभाशाली साहित्यकार भुवन सिवाकोटीले सुन्दर ढंगले सन्चालन गरेका थिए । विमोचित कृतिमा समेटिएको ९० गजलहरूका हरेक सेरहरूलाई न्याय हुनेगरी लोकार्पित कृतिका समीक्षक प्रा.डा. गोविन्द मानसिंह कार्कीद्वारा बडो उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गरिएको थियो ।
करिब ४५ जना सुप्रसिद्ध साहित्यकारहरुको समुपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित सर्जक, साहित्यकारहरु मध्यबाट रूद्र अधिकारी, अरूण खड्का, भिष्मराम पोखरेल, अमर अधिकारी, पागल यात्री, नम्रता उप्रेती, विष्णु थापा ‘बिछोड’, टि एन भट्ट विश्वामित्र, पूर्ण बहादुर श्रेष्ठ, गीता अर्याल, बद्री उप्रेती, भुवन सिवाकोटी चौघरे तथा राजन न्यौपाने लगायतले विमोचित कृतिबाटै गजल वाचन गरिएको थियो ।
विजयध्वज थापा, युवराज नयाँघरे, रण बहादुर बुढाथोकी, रेबत बहादुर कार्की, मदन प्रसाद नेपाल, बद्री उप्रेती, मानन्धर रेखा ‘काली’द्वारा कृति सफलताको शुभकामना ब्यक्त गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
पूजा शर्माको फिल्म ‘दान्भी’ असार ७ देखि प्रदर्शन हुने
बैशाख १८, २०८१ मंगलबार
इलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इजरायल र हमासबीच युद्ध विरामको संकेत
बैशाख १८, २०८१ मंगलबार
दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी
बैशाख १८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
बैशाख १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख १८, २०८१ मंगलबार