ए होर माया ३ मा बिमल र गरिमाको जोडी
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १६:२२:५
२५ माघ, काठमाडौं । लोकप्रिय गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वरमा नयाँ गीत 'यहि त होनी माया' सार्वजनिक गरिएको छ । यो गीतलाई यसअघिको चर्चित गीत 'ए होर माया'को तेस्रो सिरिजको रुपमा लिइएको छ ।
गीतमा शब्द र संगीत भने बिमल अधिकारीको रहेको छ । यो गीतका निर्माता र मोडल पनि बिमल नै हुन् । गीत बिमलको भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको हो ।
गीतको भिडिओमा बिमलसँगै अभिनेत्री गरिमा शर्मालाई देख्न सकिन्छ । भिडिओ लुम्बिनीसँगै बिभिन्न रमणीय स्थानमा खिचिएको छ । मौसम हिमालीको निर्देशन रहेको भिडिओ राजेश घिमिरेले खिचेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
गीतमा सर्जक तथा निर्माता बिमले यसपटक पनि गीतको अडियो अनुसार कुनैपनि कुरामा कमि नगरी भिडिओ निर्माण गरेको बताउँछन् । 'हामीलाई यसअघिका ए होर मायाको दुईवटा सिरिजलाई निकै मन पराइदिनुभयो । यसपटक पनि दर्शकले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।' बिमलले भने, 'सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया पाइरहेकोछु ।'
यसअघिको 'ए होर माया'लाई युट्युवमा २७ मिलियनपटक हेरिएको छ भने 'आहा माया' लाई पनि ८ मिलियन भन्दा बढी पटक हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार