बाल श्रम ऐन विपरीत वालिङ महोत्सवमा बालबालिकाको प्रयोग, प्रशासन कै अनुमतिमा अवैध जुवा खेल सञ्चालन !
कानुन मन्त्रीको निर्वाचन क्षेत्रमा कानुन कै धज्जी उडाइयो
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार १०:४०:१५
२६ माघ, स्याङजा । वालिङमा जारी आठौं संस्करणकाे वालिङ महोत्सवमा बालबालिकाको चरम श्रम शोषण भएको पाइएको छ । महोत्सव परिसरका स्टल तथा बाल उद्यानमा बालबालिकाको प्रयोग भएको पाइएको हो । बालबालिकाको खेलौना स्टल, रेष्टुरेण्ट र बाल उद्यानका टिकट घर लगायत विभिन्न ठाउँहरूमा १८ वर्ष मूनिका बालबालिकालाई श्रम (काम) मा लगाएका छन् ।
महोत्सवमा बालबालिकाको श्रम (काम) शोषण बारे नेपालबहससँग कुरा गर्दै १८ वर्षभन्दा मूनिकालाई श्रममा लगाउन पाउने कानुनी व्यवस्था नरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । प्रमुख जिल्ला अधिकारी नेपालले भनिन्, ‘कानुनमै प्रस्ट उल्लेख गरिएको छ, बालबालिकालाई कुनै पनि श्रममा लगाउन पाइँदैन । त्यो सिधैं कानुन उल्लंघन ठहर्छ ।’
उता महोत्सवभित्र खुलेआम तीर (निसाना) हान्ने खेल खेलाएका छन् । यो एक प्रकारको जुवा खेल हो । तर, सो खेललाई जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाका अनुसार सो खेल खेल्न खेलाउन १८ वर्षभन्दा माथिकाले मात्रै पाउँछन् । प्रमुख जिल्ला अधिकारीले १८ वर्षभन्दा माथिकालाई मात्र खेल्न खेलाउन अनुमति दिइएको दावी गरेतापनि बालबालिकाले खुलेआम खेल खेलिरहेका छन् ।
नेपालबहससँग प्रमुख जिल्ला अधिकारी नेपालले भनिन, ‘काठमाडौं लगायत केही ठाउँको नजिर हेर्दा त्यस्ता प्रकृतिका खेललाई अनुमति दिएको पाइएको छ । हामीले सोही आधारमा अनुमति दिएका हौं ।’
बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ (संशोधन २०७५) परिच्छेद २ को दफा ३ उपदफा १ मा कसैले पनि उमेर नपुगेका बालबालिकालाई श्रमिकको रुपमा काम लगाउन नहुने उल्लेख गरिएको छ । दण्ड र सजाय पुनरावेदनमा दफा ३ उपदफा १ का विपरीत काम गरेमा निजलाई तीन महिनासम्म कैद वा दश हजार रूपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका निवर्तमान अध्यक्ष राजेश शर्माले उमेर नपुगेका बालबालिकाको श्रम शोषण गर्नु अपराध हुने बताए । उनले भने ‘शारीरिक र मानसिक रुपमा उनीहरू पूर्ण रुपले तयार हुँदैनन् । कानुनले पनि विशेष अधिकार उनीहरूलाई नै दिएको छ । त्यसैले बाल श्रम शोषण अपराध हो ।’ बाल अधिकार सम्बन्धी कानुनको दफा ६६ अनुसार कसुर ठहर भएमा ७५ हजार जरिवाना, तीन वर्ष कैद वा दुवै हुनसक्ने उनले कानुनी प्रावधान सुनाए ।
दुवै विषय बालश्रम र जुवाको बारे महोत्सव मुल आयोजकका संयोजक चेतनारायण श्रेष्ठसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेनन् । महोत्सवकाे सम्पूर्ण ठेक्का लिएका बंगलामुखी नेपाल एम्युजमेण्ट प्रा.लि.का सञ्चालक टेक बहादुर कार्कीले भने बालबालिकाको प्रयोग भए तत्काल हटाउने बताए ।
सुरुवाती चरणदेखि नै विवादमा मुछिएको वालिङ महोत्सव समापनको अन्त्यतिर आउँदा पनि उस्तै लहर चलिरहेको छ । कहिले महोत्सव स्थल, कहिले उद्घाटन सत्रका प्रमुख अतिथि, कहिले बैठक पुस्तिका च्याताच्यात र हात हालाहालले विवादले चर्चित वालिङ महोत्सव समापनको सँघारमा आउँदा पनि उस्तै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार