हिन्दू र मुस्लिमको आस्थाको साझा केन्द्र बन्दै मुसबेटवा बाबा मजार
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १४:४८:५६
३ फागुन, राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ । प्रत्येक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबा मजारमा लाग्दै आएको मेलामा हिन्दू र मुस्लिम दुवै समुदायका सर्वसाधारणले च्यादर ओढाएर श्रद्धा व्यक्त गर्ने गर्दछन् ।
“यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दू समुदायको समेत उत्तिकै आस्था र विश्वास छ”, स्थानीय अगुवा झकबहादुर पौडेलले भने, “मजारमा हिन्दू र मुस्लिम समुदाय अन्य दिनमाभन्दा मेलाको समयमा अधिक आउने गर्दछन् ।”
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मुसबेटवा बाबा मजार मेला धार्मिक सद्भावको नमुनाका रुपमा रहेको बताए । यहाँ भारतका विभिन्न स्थानबाट समेत मनोकामना पूरा हुने भन्दै भक्तजन आउने गरेका छन् ।
हिन्दू र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले मुसबेटवा बाबाको मजार दुवै समुदायको आस्थाको केन्द्र बन्दै गएको गाउँपालिका अध्यक्ष विकको भनाइ छ । हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबाको मजारमा मेला लाग्ने गर्दछ । हजरथ मुसा सा रामतुल्ला अलय र मुसबेटवा बाबाको नामले चिनिने उक्त मजारमा वर्षौँदेखि दुवै धर्मावलम्बीले पूजा गर्दै आएका छन् । मजारमा हुने सामूहिक पूजाले दुवै धर्मावलम्बीबीच सद्भाव बढाएको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिए ।
उनका अनुसार, दैनिक पूजा हुने मजारमा बिहीबार र शुक्रबार भक्तजनको भीड लाग्ने गर्छ । मजारमा श्रीपञ्चमीका दिन वार्षिकरूपमा ठूलो मेला लाग्ने र विभिन्न धर्मावलम्बीले मेला भर्ने गरेका छन् ।
आस्था र विश्वासको धरोहर भएकाले पनि मजारमा सन्तान नभएकाले छोराछोरी प्राप्तिका लागि वर माग्ने गरेका छन् । विश्वासले पूजाका लागि फरक धर्मका भक्तजन मजारमा आउने र धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गरेको उनले उल्लेख गरे ।
हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको यस मजारमा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण दुवै समुदायका भक्तजन दर्शन गर्न आउने गरेका छन् । दुवै समुदायमा मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ । सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दु र मुस्लिम दुवै धम्र्मालम्बीको भीड लाग्छ ।
“यहाँ २०२३ सालदेखि नै हिन्दू र मुस्लिम समुदायले पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ”, खजुरा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष टेकबहादुर रोकायाले भने, “दुवै धर्मालम्बीको आस्थाको केन्द्रका रुपमा धार्मिक र ऐतिहासिक महत्व बोकेको मजारको ऐतिहासिक महत्व दर्शाउन संरक्षण जरुरी रहेको छ ।”
मुसवेटवा बाबालाई च्यादर चढाएमा मागेको कुरा पूरा हुने दुवै धर्मावलम्वीको विश्वास छ । चाहे हिन्दू होस् या मुस्लिम, दुवै समुदायलाई धार्मिकरुपमा मुसवेटवा बाबाले एकतामा बाँधेर आपसी सद्भावलाई बलियो बनाएको वडाध्यक्ष रोकायको भनाइ छ ।
वडाध्यक्ष रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
वर्षा र सहकालका देवता रातोमाछिन्द्रनाथ रथारोहण ( फाेटाे फिचर )
बैशाख २८, २०८१ शुक्रबार
चतराधाम कुम्भ मेलामा आज अन्तिम शाही स्नान
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टिमभन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
सत्ता पक्ष र प्रतिपक्षको टकराव, मुडभेडतर्फ संसद
बैशाख २९, २०८१ शनिबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार