मर्जर पश्चात देखिएन लक्ष्मी सनराइज बैंकमा सिनर्जी, वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा करिब ५ प्रतिशत
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १८:४७:५२
८ फागुन, काठमाडौं । प्रमुख शेयरधनीमा मारवाडी समुदायको बाहुल्यता रहेको दुई वाणिज्य बैंकहरू लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएपश्चात् बनेको लक्ष्मी सनराइज बैंक लिमिटेडको वित्तीय अवस्था दिन प्रतिदिन खराब हुँदै जान थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा बैंकका सबै जस्ता प्रमुख सूचकहरूमा गिरावट आएको छ ।
बैंकको मुनाफामा गिरावट आएको छ भने वितरण योग्य मुनाफा ऋणात्मक छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा १ दशमलव ५६ प्रतिशत रहेकोमा अहिले बढेर ४ दशमलव ६७ प्रतिशत पुगेको छ ।विगतमा सधैं सञ्चालकहरू बीच लफडा पर्दै आएको सनराइज बैंक र राजेन्द्र खेतानको मुख्य लगानी रहेको लक्ष्मी बैंक बीच मर्ज भएपनि कर्मचारीहरूमा कुनै सिनर्जी छैन ।
बैंक संचालक समितिको अध्यक्षमा रमण नेपाल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा दिनेश पौड्याल, मनोजकुमार भट्टराई, स्वाती रुङ्गटा र स्वतन्त्र संचालकमा विद्या बस्न्यात रहेका छन् । यो बैंकले आफ्ना अध्यक्षको तस्वीर समेत आफ्नो वेबसाइटमा राख्न कन्जुस्याइँ गरेको छ भने बैंक उच्च व्यवस्थापनमा रहेका सीईओदेखि उच्च पदस्थ कर्मचारीहरूको फोटो पनि सार्वजनिक गरेको छैन । अझ सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको परिचय पनि बैंकले लुकाएको छ । त्यस्तै उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरूको विवरणसमेत बैंकले लुकाएको छ ।
बैंकको उच्च व्यवस्थापनमा सीईओ अजयविक्रम शाहदेखि वरिष्ठ डेपुटी सीईओमा सुमेद भट्टराई रहेका छन् । यसै गरी बैंकको विभागीय प्रमुखहरूमा आरती राज्यलक्ष्मी राणा, अमित सिंह कार्की, अपाच कुमार यादव, भारती पाण्डे, भूबाल राई, दीपेश अमात्य, जीवन प्रकाश लिम्बु, मनिषराज कुँवर, मनोहर राज उप्रेती, पियुषराज अर्याल र राजीव सापकोटा छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब ५ करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले १ अर्ब ७ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १ दशमलव ६६ प्रतिशतको गिरावट भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ७६ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ६५ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १०४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ३ दशमलव २२ प्रतिशतले गिरावट हुँदै १ अर्ब ४४ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ४९ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी घटेर ९ रुपैयाँ १४ पैसामा झरेको छ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६५ पैसा थियो ।
वितरण योग्य मुनाफा :
कम्पनीको वितरण योग्य मुनाफा ८१ करोड १८ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा १ अर्ब ४९ करोड थियो । समीक्षा अवधिमा वितरण योग्य मुनाफा १५४ दशमलव २३ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ३ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरण योग्य मुनाफा १२ रुपैयाँ ९६ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ खर्ब १० अर्ब निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ४ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष ९ दशमलव ६७ प्रतिशतले बढेर १६ अर्ब २६ करोड पुगेको छ भने संचित मुनाफा १४६ दशमलव ९७ प्रतिशतले घटेर ८१ करोड १८ लाख रुपैयाँ ऋणात्मक पुगेको छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६६ रुपैयाँ ६२ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा बढेर ४ दशमलव ६७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा १ दशमलव ५६ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही घट्दै ९ दशमलव ९९ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ४० प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ३१ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा लक्ष्मी कर्प नेपाल प्रा.लि. रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपालको ७ दशमलव ७८ प्रतिशत शेयर स्वामित्व रहेको छ । अन्य शेयरधनीको विवरण तल चार्टमा दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार