७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको उपाधि कोटेश्वर-बानेश्वरले चुम्याे
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार २१:४२:१७
८ फागुन, धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता २०८० को उपाधि कोटेश्वर-बानेश्वर शाखाले चुमेका छन् । उपाधिसँगै नगद ३ लाख रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । यस्तैगरी द्वितीय स्थान प्राप्त काेरिया शाखा समूहले नगद दुई लाख, मेडल र प्रमाणपत्र पाएका छन् ।
काेटेश्वर-बानेश्वर समूहबाट पुरुषतर्फ दीलिप थापा र महिलातर्फ बिमा अनुरागीले भाग लिएका थिए भने काेरिया शाखा समूहबाट पुरुषतर्फ टेकराज भण्डारी र महिलातर्फ तारा थापाले भाग लिएका थिए ।
तृतीय स्थान जापान शाखाले हासिल गरेका छन् । शाखाले नगद १ लाख रुपैयाँ, मेडल र प्रमाण पाए भने सान्त्वना स्थान प्राप्त अनामनगर समितिले नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै तृतीय स्थान प्राप्त जापान शाखाबाट पुरुषतर्फ निशान्त वि.क. र महिलातर्फ सविता परियार थिए भने सान्त्वना स्थान प्राप्त अनामनगर समितिमा दीपक बानियाँ र सविता परियारले भाग लिएका थिए ।
यस्तैगरी उत्कृष्ट गायक सुमन खड्का र उत्कृष्ट गायिका तिर्सना बुढाथाेकीले पाएका छन् । उनीहरुले जनही २५ हजार नगद र प्रमाणपत्र पाएका छन् ।
विजेताहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुरस्कार हस्तान्तरण गरेका थिए ।फागुन ५ देखि सुरु भएकाे प्रतियोगितामा ४८ समूहले भाग लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार