अलैँचीको मूल्य बढेपछि किसान उत्साहित
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार २२:११:३३
१२ फागुन, ताप्लेजुङ । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन रु ७० हजारदेखि रु ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए । “सुरुआतमा प्रतिमन रु ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि रु ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन रु ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।”
अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । “पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो”, उनले भने ।
अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । “गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन रु ७८ हजारदेखि रु ८० हजारसम्म अलैँची बिक्री गरेका छन्”, उनले भने ।
अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मंसिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा एक लाखभन्दा बढी पशु चौपायालाई खोप
बैशाख १७, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै
बैशाख १६, २०८१ आइतबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग
बैशाख १७, २०८१ सोमबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
घुम्ती गोठका भेडाका बथान
बैशाख १७, २०८१ सोमबार
दूधकोसी नदी किनारमा जिप खस्दा एक जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
गर्मी मौसममा दिनहुँ चिसो पेय पदार्थ पिउनुहुन्छ ? तुरुन्त बानी सुधार्नुहोस्
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य
बैशाख १७, २०८१ सोमबार