एमालेले आज पनि माग्यो मन्त्रीको बर्खास्ती, विपक्षीका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १२:२:५०
१३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा लगातार मन्त्रीहरूको विषय उठाएर राजीनामाको माग गरिरहेको छ । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरूको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । प्रतिपक्षलाई उत्तेजित नबनाउन भन्दै उनले सदनमा आएर प्रतिपक्षीले उठाएको विषयमा जवाफ दिन सरकारसँग माग गरेका छन् ।
उनले विगत ६ गतेदेखि उठाएको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । देशको सुशासनको मामिलामा सरकारले दायाँबायाँ गर्ने छुट छैन । सरकारले यसको जवाफ दिनुपर्छ । नभए कसरी लोकतन्त्र चल्छ ?, उनले भने ।
एमालेले दुईजना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने भन्दै उठेर विरोध गरेको थियो ।
प्रतिपक्षी दल एमालेका सांसद उठेर विरोधमा बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले यसबारे सदनको ध्यानाकर्षण भएको र यसबारे सरकारलाई रुलिङ भइसकेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । त्यसपछि एमालेका सांसद आफ्नो स्थानमा बसेपछि बैठक चलिरहेको छ ।
एमालेले बालकुमारी घटनामा छानबिन आयोगले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएको छ
गिरीले मिटरब्याज पीडितहरूको समस्या तत्काल सम्बोधन गर्न माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले यस विषयमा ध्यानाकर्षण भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराए । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतको सम्बन्धमा प्रश्न उठाउँदै आएको छ ।
दुई युवकको मृत्यु भएको ललितपुरको बालकुमारी घटनाका सम्बन्धमा सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको उपस्थिति समेतलाई कारण मानेको बताइएको छ । स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान घेरामा छन् । बस्नेतले अख्तियार पुगेर बयान पनि दिइसकेका छन् ।
विवादित मन्त्रीहरूको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग छ । ‘गत ६ गतेदेखि संसदमा बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार मन्त्री र आदेश दिने गृहमन्त्रीलाई तत्काल बर्खास्तीको माग गरेर आवाज उठाइरहेका छौं । अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री बहाल रहन मिल्दैन’ एमाले प्रमुख सचेतक गिरीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार