चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १३:१७:५९
१३ फागुन, काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वी नेपालमा 'एथलेटिक्स' को महाकुम्भ मानिने 'धरान रन' को १२औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो।
'धरान रन' मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले आफुले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको चलचित्रले दर्शक मन जित्ने बताए। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख ४ जना पात्रलाई चलचित्रकै गेटअपमा प्रस्तुत गरिएको छ। पोस्टरको डिजाइन रोयल भिमसेनले गरेका हुन्।
आगामी वैशाख २८ गते प्रदर्शन हुने यो चलचित्रको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह,नवीन मानन्धर रहेका छन् । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए। चलचित्रको छायांकनको क्रममा धरानबासीले धेरै नै सहयोग गरेको हुनाले उहाँहरुलाई धन्यवाद पनि दिने उदेश्यले धरानमै पोस्टर सार्वजनिक गरिएको मानन्धरले बताए।
अभिनेत्री नीतिले आफ्नो डेब्यु चलचित्रको सुटिंग सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताईन्। धरान संग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफूलाई छोएकोले चलचित्र 'खजुरे ब्रो' आफ्नो लागी बिशेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए।
चलचित्रको टिमले मेयर हर्क साम्पाङ्गको श्रमदान अभियानमा सहयोग गरेको छ। हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृती पार्कमा पुगेर औजारहरु हस्तान्तरण गरेको छ। उक्त अभियानमा चलचित्रका निर्मातारलेखक तथा निर्देशक सुरज सुनुवार,कलाकार तथा निर्माता नवीन मानन्धर,कलाकार रेयर राई,पुस्कर कार्की तथा धरानका स्थानीय कलाकारहरूको सहभागिता रहेको थियो।
‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित रहेको छ । यो फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ ।
‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जिलिङका कलाकार शान्तिला तामाङ रहेको छ । साथै, यस फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् ।
शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार