भूकम्पप्रभावित ३ हजार व्यक्तिले लिए प्रजनन स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १२:१७:२१
१४ फागुन, त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिमममा सञ्चालन भएको वृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा २ हजार ८ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत सेवा लिएका हुन् ।
नेपाल परिवार नियोजन सङ्घको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत मङ्सिर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा २ हजार ८ सय ७० भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिएको नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिए । उनका अनुसार शिविरबाट दुई हजार पाँच सय १० महिला, तीन सय ५९ पुरुष र एक जना अल्पसङ्ख्यक नागरिक लाभान्वित भएका छन् ।
यस अन्तर्गत अपाङ्गता भएका ३७, पाठेघर मुखको क्यान्सर जाँच एक हजार छ सय ७४, स्त्रीरोगसम्बन्धी सेवा दुई हजार दुई सय २९ जनाले सेवा लिएका थिए । त्यस्तै यौनजन्य सङ्क्रमणको उपचार एक हजार दुई सय ४३, परिवार नियोजनको लामो अवधिको सेवा एक सय ९८, आइयुसिडी लामो अवधिको साधन प्रयोग गर्ने दुई, पाठेघर खसेका ४९ महिला, दुई सय छ बालबालिका, गर्भवती तथा सुत्केरीसम्बन्धी सेवा एक सय ६२ जनालाई शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले जानकारी दिए ।
त्यस्तै शिविरमार्फत ४१ सुत्केरीलाई मर्यादा सामग्री वितरण, नौजना को एचआइभी परीक्षण र ९२ गर्भवती महिलालाई भिडियो एक्सरे जाँच गरिएको थियो । भूकम्प प्रभावित ती दुई पालिकामा सञ्चालित एक सय ७० सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट सात हजार सात सय ९७ व्यक्ति लाभान्वित भएको परिवार नियोजन सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेनराज जोसीले जानकारी दिए ।
गत मङ्सिरदेखि हालसम्म सञ्चालन भएका १७ शिविरबाट उक्त सङ्ख्यामा नागरिकले सेवा पाएका हुन् । रुकुम पश्चिमका ती दुई दुई स्थानीय तह सहित जाजरकोटका चार स्थानीय तह बारेकोट र कुसे गाउँपालिका तथा नलगाड र भेरी नगरपालिकामा सञ्चालन भएका ४६ शिविरबाट ७ हजार ३ सय भूकम्प प्रभावित नागरिकले सेवा लिएको सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक जोसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिःशुल्क सीपमूलक तालिमका लागि ४३ हजार ५८ जनाको आवेदन
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार