राजपाभित्र महाधिवेशन र एकीकरणको बहस
इन्द्र रिजाल
बैशाख ९, २०७६ मंगलबार ४:१२:६
सिबी अधिकारी
काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’ ले पार्टी एकताको महाधिवेशनको मिति घोषण, सङ्घीय समाजवादी फोरमसँगको पार्टी एकीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गरेको छ ।
पार्टीको जारी पदाधिकारी समितिको बैठकमा एकताको महाधिवेशनको मिति घोषणा गरी विचार मिल्ने अन्य राजनीतिक शक्तिसँग एकीकरणबारे बहस चलाएको हो ।
बबरमहलस्थित पार्टी कार्यालयमा आइतबारदेखि शुरु भएको बैठकको आज दोस्रो दिन राजपा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले महाधिवेशनसम्बन्धी प्रक्रिया एवम् तिथि, मितिको निर्धारणसहितका पाँचबुँदे एजेण्डा बैठकमा प्रस्तुत गरेका छन्।
महाधिवेशन सम्बन्धमा राजपाले दुई–दुई विकल्प प्रस्तुत गरेको छ । जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महीनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महीनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ ।
त्यस्तै संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारवाही कसरी प्रभावकारी बनाउने सम्बन्धी प्रस्ताव छ । बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहललगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ ।
आजको बैठकमा राजपा अध्यक्ष मण्डलका ६ जना सदस्यको बोल्ने क्रम सकिएको छ । भोलि मङ्गलबारको बैठकमा पार्टीका अन्य पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । अध्यक्षमण्डलभित्र पार्टीको एकताको महाधिवेशनबारे मत बाझिएको छ ।
राजपाका एक पदाधिकारीले राससलाई दिएको जानकारीअनुसार संयोजक भण्डारी, नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो एकताको महाधिवेशनको पक्षमा छन्, भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिएका छन् ।
बैठकको एजेण्डा एकता महधिवेशनको मिति तोक्ने, सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण कसरी गर्नेलगायत तय भएको छ ।
भोलिसम्म चल्ने बैठकबाट महाधिवेशनको मिति तय गर्नाका साथै पार्टी एकीकरणका बारेमा स्पष्ट धारणा आउने बताइएको छ । यही वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको महाधिवेशन मिति तय गरेको थियो । तर तयारी नपुगेको भन्दै महाधिवेशन स्थगन गरेको थियो । विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।
यसअघि बसेको अध्यक्षमण्डलको बैठकमा संयोजक शरत्सिंह भण्डारीले विशेष अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए तर महेन्द्रराय यादवले त्यसको विरोध गरेपछि प्रस्ताव सर्वसम्मतिले पास हुन सकेका थिएन । त्यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नाका साथै स्थानीय र प्रदेश सरकारको कामकारवाहीका बारेमा समीक्षासमेत हुने अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपव्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार
काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार