नेपाल पत्रकार महासङ्घद्वारा प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग
इन्द्र रिजाल
बैशाख ९, २०७६ मंगलबार ४:१७:५०
काठमाडौं । नेपाल पत्रकार महासङ्घले पछिल्लो पटक पत्रकारलाई पक्राउ गर्नाका साथै कार्यस्थलमा काम गर्न बाधा पु¥याएको भन्दै त्यसो नगर्न सरकारसमक्ष आग्रह गरेको छ ।
आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले आस्था र विचारकै आधारमा पत्रकारहरुलाई पक्राउ गरिएको भन्दै त्यसो गर्न आग्रह गरेको हो ।
बैठकले सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएलगत्तै अदालत परिसरबाट पक्राउ गरिएका ‘न्हुगु ज्वजलपा वाःपौं’ का प्रधानसम्पादक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न दबाबमूलक कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
पक्राउ गरिएका पत्रकारको रिहाइ एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासङ्घले दबाब अभियानलाई थप प्रभावकारी रुपमा अघि बढाउन यही वैशाख १० देखि १८ गतेसम्म राजनीतिक पार्टीका प्रमुख नेता, पूर्वप्रधानमन्त्री, सङ्घीय संसद्का सभामुख र राष्ट्रियसभाका अध्यक्ष, संसद्मा रहेका विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।
यसैगरी यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहमा पेशागत संस्थाका पदाधिकारी, पत्रकार सङ्घसंस्थाका नेतृत्व, सञ्चारमाध्यमका सम्पादक तथा नागरिक समाजका अगुवासँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि साझा अभियान सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिने महासचिव रमेश विष्टले जानकारी दिए ।
महासङ्घले वैशाख १८ गते काठमाडौँसहित सातवटै प्रदेशका राजधानी रहेका स्थानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि बृहत् ऐक्यबद्धता ¥यालीको आयोजनासमेत गर्ने भएको छ ।
त्यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी प्रस्तावित विधेयकमा आयोगका अधिकार खुम्च्याउने प्रावधानहरु राखिएकामा त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै आयोगलाई थप स्वायत्तता र अधिकार सम्पन्न बनाउने गरी कानूनमा संशोधन गर्न माग गरेको छ ।
मुलुकीसंहिता ऐनसहित संसद्मा विचाराधीन अवस्थामा रहेका तथा सरकारले मस्यौदा गरिरहेका सञ्चारसम्बन्धी कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नसमेत बैठकले माग गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार
श्रीमान् बचाउन खोज्दा श्रीमतीको करेन्ट लागेर मृत्यु
बैशाख २९, २०८१ शनिबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
फोहर सङ्कलनमा नेपाली सेना प्रथम
बैशाख २९, २०८१ शनिबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार