हिँड्ने बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १६:१०:५९
१७ फागुन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र छ– एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठूला–ठूला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन् । उपमहानगरपालिका वडा नं २२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू बताउँछन् ।
स्थानीय सरकार आएपछि आफ्नो गाउँको स्वरुपमा केही परिवर्तन हुन्छ भन्ने आशा पलाएको बताउँछन् आशाराम चमार । “अबको समय पहिलाको जस्तो छैन । हामीलाई स्थानीय सरकार बनेपछि केही हुन्छ कि भन्ने ठूलो आशा थियो तर आजसम्म पनि हाम्रो गाउँ जस्ताको त्यस्तै छ ।” आशारामले भने, “हाम्रो गाउँमा आवतजावतका लागि सामान्य बाटो त बन्न सकेको छैन बाँकी अरु विकासको के कुरा गर्नु ?” एकै ठाउँमा गुजुमुज्ज परेको बस्तीमा वडाको ४० प्रतिशत बसोबास रहेको छ ।
किङगरियनपुर्वा बस्तीमा प्रवेश गरेपछि हिँड्ने बाटोबाहेक चौडा बाटो देखिँदैन । उक्त गाउँमा बाटोको समस्याले स्थानीयवासीलाई वर्षौँदेखि सास्ती व्यहोर्नु परिरहेको सायद किङगरियाले बताए । “गाउँघरसम्म ठूला गाडी आउन सक्दैन । बस्तीभित्र साँघुरो हिँड्नेबाहेक अन्य चौडा बाटो छैन”, उनले बताए, “हाम्रो गाउँमा बस्ती बाक्लो छ तर बाटोको समस्याले गाउँमा ठूला सवारीसाधन आउन सक्दैन । गाउँघरमा विवाह भयो भने गाउँबाट टाढै बस, ट्रयाक्टर राख्नुपर्छ ।”
आशाराम र सायदले जस्तै नसिब किङगरियाले पनि आफ्नो गाउँको विकासमा स्थानीय सरकारको ध्यान नजाँदा वर्षौँदेखि सास्ती सहँदै आएको गुनासो गरे । नसिबको भनाइअुनसार किङ्गरिया बस्तीमा कसैको घर बनाउनुपर्यो भने इँटा, माटो, सरिया, सिमेन्टजस्ता गह्रौँ सामान लैजानपर्यो भने गाउँदेखि धेरै परबाट मानिसले काँधमा बोकेर लैजानुपर्छ । बस्तीभित्र सवारीसाधन जानका लागि फराकिलो बाटो नभएकै कारण आफूहरूले वर्षौँदेखि समस्या झेलिरहेको उनले बताए ।
उक्त बस्तीमा कोही बिरामी पर्दा घरसम्म एम्बुलेन्स आउन नसकेको गुनासो गर्दै अर्का स्थानीय रामप्यारी चमारले बाहिर पर बाटोसम्म बिरामीलाई बोकेर लैजानुपर्ने गुनासो गरे । “महिला सुत्केरी हुँदा होस् या वर्षायाममा सर्पले टोक्दा होस् हामीलाई लिन आएको एम्बुलेन्स पनि गाउँभन्दा पर उभिएको हुन्छ”, रामप्यारीले भन्नुभयो, “बस्तीमा न बाटोको सुविधा छ न नालाको नै । बस्तीभरि नै फोहर छ ।” गर्मीयाम सुरु हुनैलाग्दा किङगरियनपुर्वामा भएको फोहरले स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको स्थानीयको भनाइ छ । वर्षायाममा बस्तीभरि पानी जमेर हिँड्न सकिँदैन । उक्त बस्तीमा एम्बुलेन्स, दमकल, ट्रयाक्टर, बस पुग्नु त परको कुरा हो ।
किङगरियनपुर्वमा एक हजार घरधुरी छन् भने वडामा छ–सात हजार जनसङ्ख्या रहेको छ । वडाध्यक्ष अब्दुल गफ्फार हल्वाईले वडाभित्र बाटो चौडा गर्ने योजना बारम्बार ल्याउँदा स्थानीयवासीको असहमतिले बाटो निर्माण हुन नसकेको बताए । “वडाभित्र रहेको बस्तीमा बाटो र सरसफाइलाई पहिलो प्रथामिकतामा राखेका छौँ । किङगरियनपुर्वामा पनि बाटोका लागि पहल नभएको होइन तर यहाँका स्थानीयले बाटोका लागि सहमति नगर्दा निकास खोज्न गाह्रो भएको छ”, वडाध्यक्ष हल्वाईले किङगरियनपुर्वाको विकासका लागि चाँडै नै निकास खोज्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल-चीन आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)
बैशाख १७, २०८१ सोमबार
मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास डेमोस्ट्रेस्न मनसुन-२
बैशाख १६, २०८१ आइतबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
झापामा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
रामेछापका लागि उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण
बैशाख १७, २०८१ सोमबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार