धोकेबाज ‘प्रचण्ड’
मोहन गुरुङ
फागुन २१, २०८० सोमबार १६:४३:४६
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अकल्पनीय, अप्रत्याशित र अचानकको राजनीतिक ‘यू टर्न’ले नेपाली राजनीतिमा ठूलै हलचल पैदा गरेको छ । ०७२ वैशाख १२ को भूकम्पको कम्पन भन्दा पनि बढी हल्लिएको छ । नेपालको भूराजनीतिमा फेरि अर्को अध्याय सुरु भएको छ ।
दुई–दुई वर्ष प्रचण्ड–देउवा र एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सहमतिसहित एकवर्ष अघि गरिएको गठबन्धन भताभुङ्ग भएको छ । पाँच वर्षको यात्रालाई बीचमै तोड्ने प्रचण्डको बेइमानी निर्णयले देउवा र नेपालको पुर्पुरोमा हात बाहेक केही छैन ।
सोमबार बिहान देउवा निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेता डा.शेखर कोइराला लगायतका नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रम बारे ब्रिफिङ गर्दै देउवाले भने, ‘ओलीले दिन मै दुईपल्ट फोन गर्थे । गठबन्धन तलमाथि होला कि भनेर भेटिन् । तर, प्रचण्डले धेरै पहिलादेखि ओलीलाई भेट्दै आएको रहेछ ।’ देउवाले प्रचण्डलाई सतप्रतिशत विश्वास गर्दा पार्टी, नेता तथा कार्यकर्तालाई ठूलो चोट पुगेको बताएको बैठकमा उपस्थित एक नेताले बताए ।
प्रचण्ड विशेषगरी कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएको, राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार चम्पादेवी कार्कीलाई हराएको, तीन महिनादेखि संघीय सरकारका मन्त्री फेर्न खोजे पनि देउवा नमानेको, महासमिति बैठकबाट आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पारित लगायतका विषयहरूमा प्रचण्डले गठबन्धन तोडनुको शेरबहादुरमाथि आरोप थुपारेका छन् ।
तर, प्रचण्ड नेतृत्वको सरकारका पर्यटनमन्त्री सुदन किराँती, भाैतिक मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतका श्रङ्खलाबद्ध विवाहहरु छताछुल्ल हुँदा पनि प्रचण्डले मन्त्रिमण्डलमा हेरफेर गर्न सकेका थिएनन् । मन्त्रिमण्डल पुनर्गठनको कहिल्यै संकेत नदिएका प्रचण्ड अन्ततः देउवालाई दोष थुपारेर एमाले लगायतका दलसँग नयाँ सहयात्रा र सहकार्यमा जुटेका छन् । आजै नयाँ मन्त्रिमण्डल विस्तार हुँदैछ ।
गठबन्धन सरकारलाई सफल बनाउन देउवाको त्याग, समर्पण र सहयोगलाई कुल्चेर प्रचण्ड फेरि एमालेको बुँई चढेर प्रधानमन्त्री बन्दैछन् । गत वर्ष एमालेलाई धोका, यसवर्ष कांग्रेसलाई र अर्को वर्ष फेरि एमालेलाई धोका नदेलान् भन्न सकिँदैन । नेपाली राजनीतिमा सत्ताका लागि सर्वस्व त्याग्न तयार प्रचण्डले अर्को वर्ष फेरि एमालेलाई लात हान्ने पक्कापक्की छ । छेपारो प्रवृत्ति र चरित्रका प्रचण्डको नेपाली राजनीतिमा प्रवेशसँगै मुलुकले सधैं सास्ती मात्रै खेप्दै आएको छ । प्रचण्डले बाेल्ने बाेली नभइ व्यवहार भएकाे एकपटक फेरि चरितार्थ भएकाे छ ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपअब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार