भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १६:४०:१०
२१ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ । तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।
सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यस्तै, सोरु–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड
बैशाख १७, २०८१ सोमबार
शिविरमार्फत नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह
बैशाख १७, २०८१ सोमबार
‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
बैशाख १७, २०८१ सोमबार
कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
बैशाख १७, २०८१ सोमबार